धनगढी न्यूज

Breaking News 2

नेता पदले होइन, भूमिकाले बनाउँछ

नेता पदले होइन, भूमिकाले बनाउँछ

राजनीतिक नेतृत्वमा तीन गुण— ज्ञान, इमानदारी र चातुर्य अपरिहार्य हुन्छन्। यी गुणहरूको अभावमा सबल र सक्षम नेतृत्व अगाडि आउन सक्दैन। त्यसैले यी तीनै गुणले सम्पन्न नेतृत्व विरलै पाइन्छ। माओ जे दुङ्ले चिनियाँ किंवदन्तीका पात्र ‘छुके ल्याङ’ जस्ता व्यक्तित्व व्यवहारतः पाउन कठिन हुने बताएका छन्। यही कारणले कम्युनिष्टहरू सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्छन्। राजनीतिमा पद र नेतृत्व एउटै कुरा होइनन्। पद भनेको संस्थागत संरचनाभित्रको औपचारिक जिम्मेवारी हो, तर नेतृत्व भनेको समाज र इतिहासको आवश्यकतासँग जोडिएको वास्तविक भूमिका हो। त्यसैले पदमा बसेको मानिस स्वतः नेता हुँदैन, र पदमा नभएको मानिस नेता हुन सक्दैन भन्ने पनि होइन। अन्ततः नेतृत्व विचार, साहस, पहल र…
Read More
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

८ चैत, पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेको छ । बेपत्ता हुनेहरूको नाम र ठेगाना खुल्न बाँकी छ ।अन्लाईन खबर बाट साभार
Read More
दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड आज बिहानदेखि एकतर्फी सवारी संचालनमा आएको छ। वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काकाअनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ। अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ। तीन दिनदेखि सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुँदै आएको छ। सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ। नारायणगढ–बुटवल सडकखण्डको अधिकाशं…
Read More
इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन Citizen life Insurance

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन Citizen life Insurance

काठमाडाैँ : सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।थाहाखबर बाट साभार
Read More
टी-२० विश्वकपको विराट उत्सवमा वानखेडेको दर्शकदीर्घाबाट

टी-२० विश्वकपको विराट उत्सवमा वानखेडेको दर्शकदीर्घाबाट

फेब्रुअरी ८, २०२६ को दिन मुम्बईको सेन्ट्रल स्टेशनदेखि मरीन लाइन्स हुँदै चर्चगेट स्टेशनसम्मका सडक र रेलहरू राताम्य देखिन्थे । अझै भनौं अरब सागरको किनार रङिएको थियो । ती रङभित्र आफ्नै अन्तर्मन घोलिएको थियो, सारा नेपालीहरूको भावना त्यहीँ छचल्किएको थियो । लाग्थ्यो महान् क्रिकेटर सचिन तेन्दुलकरको ‘क्रिकेट केवल खेल मात्र होइन, यो जीवनशैली हो’ भन्ने भनाइ त्यस दिन मुम्बई, वानखेडेमा सजीव भइरहेको थियो । मुम्बईमा नेपालको दुई तिहाई अर्थात दुई करोड जनसंख्या बसोबास गर्छन् । राष्ट्रिय झण्डाको गौरव झल्काउने निलो र रातो रङ मिसिएको नेपाली क्रिकेट टोलीको जर्सी र नेपाली राष्ट्रिय झण्डाले त्यस दिन भारतको आर्थिक राजधानी मुम्बई सजिएको थियो । एक…
Read More
आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार हेर्नुस् सूची :
Read More
समानुपातिकबाट दोहोरिए ५ विधायक

समानुपातिकबाट दोहोरिए ५ विधायक

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूले सिट प्राप्त गरेका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट प्राप्त गरेका हुन् । थ्रेसहोल्ड कटाउने ६ वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनाउन पाउने भएका हुन् । जसअन्तर्गत एमालेबाट पूर्वविधायकद्वय बादल र पद्मा अर्याल प्रतिनिधिसभा सदस्यमा दोहोरिन लागेका हुन् । बादल पूर्वगृहमन्त्री समेत भइसकेका व्यक्ति हुन् भने अर्याल पूर्वमन्त्री । २०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका बादल  पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । २०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय बादलले तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि…
Read More
बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

१ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ । अन्लाईन खबर बाट साभार
Read More
रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ । बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’ सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न…
Read More
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।अन्लाईन खबर बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×