धनगढी न्यूज

आज शाहको शपथ ग्रहण, पूर्ण मन्त्रिमण्डल गठनको आशा

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३:३० बजे सपथ ग्रहण गर्नेछन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज शपथ लिने तयारी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। मुख्यमन्त्री शाहले शपथ ग्रहण गरेपछि मन्त्रीपरिषद् विस्तारको तयारी पनि गरेका छन्। त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा पनि मन्त्रीको नाम टुंग्याउन छलफल जारी छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन-तीन मन्त्रालय लिने समझदारी भए पनि कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ। नागरिक उन्मुक्ति पार्टीलाई पनि एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ।

१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×