धनगढी न्यूज

कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ।

जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो। स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×