धनगढी न्यूज

गोदावरी-८ मा तीज महोत्सव हुँदै

धनगढीः कैलालीको गोदावरी नगरपालिका-८ मा तीज महोत्सव हुने भएको छ।

“कला संस्कृतिको जोगेर्ना हाम्रो चाहना“ भन्ने मुल नाराका साथ वाईएन प्रोडक्सन र ऐजे डान्स स्टुडियोको संयुक्त आयोजनामा गोदावरी नगरपालिका-८ मा स्याउले बजारको बिस्वनाथ शिव मन्दिरको प्राङ्गणमा तीज महोत्सव हुने भएको आयोजकले जनाएको छ।

यही भदौ २० र २१ गते आयोजना गरिएको महोत्सवमा विभिन्न कलाकारको बेजोड प्रस्तुती हुने भएको जनाएको छ। साथै स्थानिय कला संस्कृतीको झल्को दिने खुला महिला नृत्य प्रतियोगता गरिएको जनाइएको छ। उत्कृष्ट नृत्य गर्ने महिलालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×