
धनगढी । कैलालीमा १३ औं वृहत रक्तदान महोत्सव सम्पन्न भएको छ । “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सव सम्पन्न भएको हो ।


सो रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् । जस मध्ये ३० जनाले पहिलो पटक गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए ।
बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए ।

यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना बिद्यालयका थुप्रै बिद्यार्थी हरु सहित ३० जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीर बहादुर महराले बताउनु भयो । पहिलोपटक रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरुलाई स्थानीय विभिन्न समाजसेवी ब्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरुले आफ्नो सेवा सुबिधामा पुर्ण निःशुल्क र केहिमा विशेष छुट पाउने गरि रक्तदाताको सम्मान मा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रम का सह–संयोजक लोकेश भट्ट ले बताए।


रक्तदान महोत्सव बिहान ८ः०० बजे देखि शुरु भएर करिब १ बजे सम्म सञ्चालन भएको हो । समाजले रक्तदान महोत्सवमा सहभागि भएका सम्पुर्णको लागि चियापान, खिर र खानाको समेत ब्यवस्था गरेको थियो ।







