
धनगढीः कैलालीमा अजिङ्गर फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ भिटरैयाको हरियाली सामुदायिक वन नजिकै गाउँमा आईतवार अजिङ्गर फेला परेको हो।

करीब ६ मिटर लामो २५ केजी बराबर तौल भएको वयस्क अजिङ्गर बर्खाको समयमा नदीमा बाढी आउने हुँदा पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ। स्थनीय यूवा तथा उक्त सामुदायिक वनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको बाख्रा समातेको थियो।

वन भित्र अजिंगर छन् तर यति ठुलो अजिङ्गर सामुदायिक वनमा अहिलेसम्म पत्ता लागेको थिएन, बर्खाको समयमा प्रायः हरेक वर्ष माथिबाट बग्दै आएको हुन सक्ने स्थानीयहरुले बताए। अजिङ्गर फेला पर्ना साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन वन कार्यालय भजनीलाई जानकारी गराएका हुन।

सब डिभीजन वन कार्यालयबाट महेश चौधरीसहितको टोली, सामुदायिक वनका अध्यक्ष्य राहुल बुढा, गाउँका बडघर कलेशराम डगौरा लगायत स्थानियहरुको सहयोगमा उक्त अजिङ्गरलाई उद्धार गरी सुरक्षीत स्थानमा लागिएको छ।







