धनगढी न्यूज

जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

काठमाडौं : ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङको लाइन शुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचना पनि ठाउँठाउँमा टाँगिएका हुन्छन्। त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन्।

जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ। जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी हेरिरहेका देखिन्छन्। अझ कुनै-कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै बस रोकेर यात्रु चढाएको समेत देखिन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ। यो दफाले भन्छ- जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ। जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था रहेको पैदल यात्री सुनाउँछन्।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×