धनगढी न्यूज

धनगढी : ट्रकको सामान अनलोड गर्दा शव भेटियो

धनगढीः कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ।

आज (आइतवार) बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको प्रहरीले जनाएको छ।

सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए। एसपी विष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ।

उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए। उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएका छन्। पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी विष्टले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×