धनगढी न्यूज

बर्षाले: दुई सय रोपनी खेतमा नोक्सानी

सुलीकोट समाचारदाता

 

सुलीकोट, साउन २० गते । गोरखाको बेनी खोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ । गोरखा नगरपालिका–३ र ५ का स्थानीय किसानले लगाएको धान खेत लगातार परेको वर्षाका कारण बाढी आएर रोपोसहित बगाउँदा बगरमा परिणत भएको हो ।

बेनी खोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिलबहादुर कुमालले भन्नुभयो, “बेनी खोलाको सयाैँ रोपनीमा रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिकाभित्रका सयौँ किसान मर्कामा परेका छन् । माथिबाट ल्याएको ढुङ्गा, माटो, गेग्य्रान, रुखका हाँगाबिँगा, बालुवा र लेदोले पुरेपछि धेरै नै क्षति भएको छ । उहाँले भन्नुभयो, “दुई सय रोपनी खेतलाई क्षति पु¥याउँदै खेतको मध्यभागबाट खोला बगिरहेको छ भने दरौँदी खोलाले गोरखा नगरपालिका १० र ११ नम्बर वडाका सयौँ रोपनी धान खेतमा रोपो पुरेको छ ।”

धान खेतीमा बाढी रोक्न ग्याबिन जाली भर्न फाउन्डेसन खन्ने कामका लागि जेसिबी माग्दा आलटाल गरेको भन्दै बेनी खोलामा धान खेत बगाएका किसान केही दिनअघि गोरखा नगरपालिकाको गेटमा रोपाइँ गरेर विरोधमा उत्रिएका थिए ।

स्थानीय अर्का किसान चन्द्रबहादुर कुमालका अनुसार अविरल वर्षाले दुई सय रोपनी खेत बगरमा परिणत भएपछि कृषि र सिँचाइ कार्यालयले ४० थान ग्याबिन जाली १२ थान पाइप उपलब्ध गराएको छ । गोरखा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।  गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले क्षतिको लगत सङ्कलन गरिएकाले प्राविधिक मूल्याङ्कन गरी प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई नगरपालिकाबाट सक्दो सहयोग गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×