धनगढी न्यूज

भूमे पर्व मनाउँदै मगर समुदाय

मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा।

सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ। वर्षायामको सुरुवातसँगै खाद्यबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ।

पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्न भूमे पर्वको महत्त्व रहेको छ।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×