
दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार महाकालीमा हामफाल्ने किशोरी दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर रहेको खुलेको छ।

शनिबार साँझ तटबन्धनको पर्खालमा उभिएकी खबर प्रहरीले पाएको थियो।

नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन्।

पारेर उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा किशोरी महाकालीमा हामफालेकी हुन्।

शनिबार नै उनको खोजी गरिएपनि भेट्न सकिएको थिएन्।
आइतबार बिहानैदेखि खोजीकार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।







