धनगढी न्यूज

सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच शैक्षिक बिकासको लागी द्विपक्षीय समझदारी

सुदूरपश्चिम विश्वविद्यालय (FWU) नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की IITR, INDIA बिच हालै  दुई संस्थाबीच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त द्विपक्षीय समझदारी पत्र  मा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, र समकक्षी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की का निर्देशक प्रा. डा. के. के. पन्तले हस्ताक्षर गरे। उक्त द्विपक्षीय सामझदारीले विश्वविद्यालयको शैक्षिक इतिहासमा नयाँ अध्याय थपिएकोमा प्रा. डा. के. के. पन्तले खुशी ब्यक्त गर्दै  दुई संस्थाहरू बीच दिगो र पारस्परिक रूपमा प्राज्ञिक सहकार्यलाई बढावा दिन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

FWU र IITR बिचको साझेदारीले संयुक्त रुपमा नयाँ अनुसन्धान कार्यहरू, क्षमता अभिवृद्धि सम्बन्धी गतिविधिहरू, प्राध्यापक र विद्यार्थीहरु बिच ज्ञान आदानप्रदान सम्बन्धी कार्यहरू तथा इन्जिनियरिङ र टेक्नोलोजीमा संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने सुप विश्वबिधालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले विश्वास ब्यक्त गरे ।

गोदावरी न्युज बाट साभार

FWU र IITR बीचको साझेदारी पत्रमा हस्ताक्षर गर्नु पूर्व IITR को International Relation का डीन प्रा. डा. बी. सी. श्रीवास्तवसँग विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो।

समझदारी पत्रमा हस्ताक्षर पश्चात FWU टोलीले IITR का विभिन्न विभागहरू आर्किटेक्चर, आर्टिफिसियल इन्टेलिजेन्स, सिभिल इन्जिनियरिङ, रसायन इन्जिनियरिङ तथा अनवरत शिक्षा केन्द्रको भ्रमण गर्नु का साथै उक्त विभागमा कार्यरत प्राध्यापकहरुसँग अन्तर्कृया समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×