धनगढी न्यूज

सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ । उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।

 

के भने पाइलट शाक्यले? 

यसैबीच आईसीयूमा उपचारका क्रममै उनले केएमसीका डाक्टरहरूसँग घटनाको इतिवृतान्त सुनाएका छन् । केएमसीको न्यूरो आईसीयूमा उपचाररत उनी अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको थापाले बताइन् । उनकाअनुसार  बिहीबार बिहान डाक्टरहरूसँगको कुराकानीमा विमानस्थलको रनवेबाट उचाइ लिनेबित्तिकभै जहाजको नियन्त्रण गुमाएको बृत्तान्त उनले सुनाएका छन् । ‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगर उचाइमा लैजानै सकिएन । एक्कासि तल खस्न थाल्यो,’ शाक्यको भनाइबारे थापाले भनिन्, ‘जहाज अचानक तल झरेपछि मैले नियन्त्रण गुमाएँ । भुइँमा बजारिएसँगै मैले केही थाहा पाउन सकिनँ ।’

डाक्टरहरूसँगको कुराकानीका क्रममा उनले जहाज तल झरेसँगै आफूलाई एकै पटक एकदमै भारी वस्तुले थिचे जस्तो भएको बताएका छन् । उनले जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । शाक्यले ककपिटको प्वाँलबाट बाहिर निस्किने क्रममा आफूलाई कसैले तानेको याद भएको बताए । शाक्यलाई सुरक्षाकर्मीले कन्टेनरमा अड्किएको जहाजको ककपिटबाट बाहिर निकालेका थिए । जहाजको मुख्य भाग भने उक्त कन्टेनरबाट अझै तल गएर आगो सल्किएर जलेको थियो ।

यो घटनामा को-पाइलट सुशासन्त कटुवालसहित १८ जनाको मृत्यु भएको छ । थापाले शाक्यको शरीरभर चोट भएकाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी विशेषज्ञको निगरानीमा उपचार भइरहेको बताएकी छन् । दुर्घटनास्थलबाट ल्याएलगत्तै केएमसीले क्याप्टेन शाक्यको सिटी स्क्यान, एक्सरे गरेको थियो । बिहीबार एमआरआई गरेर हेरिने उनले बताइन् । हड्डी भाँचिएका स्थानको उपचार भइसकेकाले अब शाक्यको अवस्था खतरामुक्त रहेको पनि उनले बताइन् ।

थापाका अनुसार बिहीबार एमआरआई रिपोर्ट आइसकेपछि शाक्यको स्वास्थ्य अवस्था र उपचारबारे थप निर्णय लिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×