धनगढी न्यूज

एसपिए कलेजले आयोजना गरेको वक्तृत्वकलामा तृप्ती सिंह प्रथम

धनगढीः धनगढीको एसपिए कलेजले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा धनगढी–६ मा रहेको राइजिङ स्टार इङ्गिस स्कुलकी छात्रा तृप्ती सिंहले प्रथम स्थान हासिल गरेकी हुन्। एसपिए कलेजले “लागुपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका“ शिर्षकमा मङ्गलवार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो।

वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा–युवतीहरूको भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागुपदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।

पाँच विद्यालयबाट दुई÷दुई जना गरी जम्मा १० जना सहभागी भएको प्रतियोगितामा डिस्कभरी स्कुलका अनुपराज गिरी दोस्रो र एक्सिस विद्याश्रमकि मधु शर्कीले तृतीय स्थान हासिल गरेकी हुन्। विजेता तीनै जनालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजक एसपिए कलेजले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×