
धनगढी: कैलालीको धनगढीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्। गत महिनाको ३० गते दिउँसोको समयमा धनगढी उप-महानगरपालिका वडा नं. ०१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।



पक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनगढी उप-महानगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन्।

अस्ति २ गते पक्राउ परेका उनी धनगढी नमुना प्राविधिक माध्यमिक बिद्यालयका शिक्षक हुन्।
उनीलाई आफैंले पढाउने स्कुलको १७ वर्षकी बालिका (बिद्यार्थी) लाई बोलाई बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा समातिएको हो।

अहिले उनीमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको बताइएको छ।







