धनगढी न्यूज

ललितपुरमा १ सय ३० जना एमालेमा प्रवेश

ललितपुर: गोदावरी नगरपालिका-४ बडिखेलमा नेपाली कांग्रेस , नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ३० जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

ललितपुर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेलको पक्षमा मत दिन उनीहरु तयार भएका छन्। एमालेका ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, ललितपुर १ का निर्वाचन कमाण्डर शुसीला नेपाल, बाग्मती प्रदेशसभाका कृषि तथा पशुपन्छी मन्त्री मधुसुधन पौडेल, निर्वाचन सहकमाण्डर नवराज सिलवाल, केन्द्रिय सदस्य तारा सञ्जेल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य र उम्मेद्वार सञ्जेलले नवप्रवेशीलाई टीका, माला, खादा लगायर पार्टीमा स्वागत गरेका थिए।

स्थानीय यूवा नेता रमेश पहारी र यूवा उद्यमी अभय न्यौपानेको विशेष पहलमा उनीहरु अन्य पार्टि परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। कोड्कुमा बिहीबार साँझ भएको कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुले २ पटक अरुलाई हेरेकाे र अब एमालेलाई हामी साथ दिन्छौँ भन्दै पार्टी प्रवेश गर्नेदेखि पार्टी प्रवेश गराउने सबै समृद्ध बडिखेलको नारामा एकमत भएका हुन्।

स्थानीय मैयाँ पहारीले यहाँका जनताले अझ सुलभ खानेपानी, एम्वुलेन्स, धार्मिक पर्यटनको विकास, व्यवस्थित ढल निर्माण र स्तरीय दिगो सडक खोजेको बताइन्। उम्मेद्वार सञ्जेलले बडिखेलको यो उत्साहले आफूलाई धेरै उर्जा मिलेको बताए। जुन विश्वासका साथ पार्टी प्रवेश गर्नुभएको छ, तपाइको विश्वास मर्न म दिन्न, उनले भने- यहाँको गुणस्तरीय शिक्षा , लघु उद्यमको विकास, धार्मीक पर्यटन, सडकको स्तराेन्नतीलाई प्राथमिकतामा राख्नुपर्छ।

बडिखेलमा रहेको सीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागी पहल गर्ने प्रतिवद्धता जनाए। कच्चा पदार्थमा समस्या छ कि यसको बजारीकरणमा कठिनाइ छ त्यसको पहिचान गर्दै आत्मनिर्भर बनाउने प्रयास गर्ने सञ्जेलकाे भनाइ थियाे।थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×