Skip to main content

धनगढी न्यूज

Month: June 2024

संघ सरकारसँग असन्तुष्ट बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन्

संघ सरकारसँग असन्तुष्ट बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन्

काठमाडौँ  : प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित भएका छन्। काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च 'मेयर्स फोरम'का पदाधिकारीहरूको छलफलमा मेयर बालेन उपस्थित नभएका हुन्। आफूलाई असहयोग गरेको भन्दै मेयर बालेन संघीय सरकारसँग असन्तुष्ट छन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित छलफलमा मेयर बालेन नजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसबमोजिम लगानी बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए। महानगरले गर्दै आएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुको साटो अधिकार कटौटीको प्रस्ताव ल्याउने प्रधानमन्त्रीको ब्रिफिङले काठमाडौँ महानगरसँग थप…
Read More
सहकारी छानबिनका सबै प्रतिवेदन झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

सहकारी छानबिनका सबै प्रतिवेदन झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

काठमाडौँ : सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरु झिकाउने निर्णय गरेको छ।   शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन संबद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो। सहकारी छानबिनका सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूका प्रतिवेदन असार २ गते भित्र उपलब्ध गराउन सम्बद्ध सबै पक्षलाई पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदामाथि पनि छलफल शुरु गरिएको छ। त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक…
Read More
अनलाइन सपिङका नाममा ठगी धन्दा बढ्दै

अनलाइन सपिङका नाममा ठगी धन्दा बढ्दै

बदलिँदो व्यापार व्यवसायको तौरतरिकाले मानिसलाई धेरै कुरामा सहज बनाएपनि कतिपय अवस्थामा ग्राहकहरु ठगिने गरेको पाइएको छ । अनलाइन व्यापारमा खरिद गरिएका सामानहरु भनेजस्तो नपाइने , गुणस्तरहिन पर्ने जस्ता गुनासा पटक-पटक आइरहन्छन् । तर , बेला बेला अनलाइन व्यापारका नाममा खोलिएका फेसबुक , इन्स्टाग्राम लगायत पेजबाट खुलेआम ग्राहक ठगिने गरेको पाइएको छ । हालै हामीलाई प्राप्त जानकारी अनुसार girlsfashionstyle80 नामको इन्स्टाग्राम पेज बनाइ अनलाइन व्यापार गर्दै आएको एउटा ग्रुपले ग्राहकबाट अग्रिम पैसा तिर्न लगाएपश्चात् आफ्नो पेजबाटै ब्लक गरेको छ । उक्त पेज लगायत यस्ता अन्य पेज थुप्रै हुनसक्ने भएकोले समयमै सचेत बन्न , अग्रिम भुक्तानी नगर्न तथा अनलाईन खरिद गर्दा ध्यान…
Read More
जीप दुर्घटनामा एकजनाको मृत्यु, आठ घाइते

जीप दुर्घटनामा एकजनाको मृत्यु, आठ घाइते

काठमाडौं : डोटीको बुडर नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।   लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु हो। सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो। ज्यान गुमाउने व्यक्तिको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए। घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाएको उनले बताए। घाइते आठजनामध्ये चारजनालाई बढी चोट लागेको छ। चारजनाको अवस्था सामान्य छ।
Read More
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम सुरु भइसक्यो : गृहमन्त्री

मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम सुरु भइसक्यो : गृहमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन्। उनले पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए। उनले आजबाट शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्री नम्बरलाई असोज २९ गते सम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए। उनले भने ‘मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने। १८ हजार घरपरिवारलाई…
Read More
तीनकुनेको आगलागीमा २ जना घाइते

तीनकुनेको आगलागीमा २ जना घाइते

२३ जेठ, काठमाडौं । तीनकु नेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
Read More