Skip to main content

धनगढी न्यूज

Day: March 10, 2025

होलीको अवसरमा किशान अटोमोवाइल्सको विशेष अफर

होलीको अवसरमा किशान अटोमोवाइल्सको विशेष अफर

आउँदै गरेको खुसी तथा उल्लासको पर्व होलीको खुसीयालीसँगै किशान अटोमोबाइल्सले विशेष अफर ल्याउने भएको छ । “रंगसँग रमाऔँ होन्डासँग दौडौं” भन्ने नाराका साथ यस वर्ष होलि विशेष अफर राखिएको किशानले जनाएको हो । यही फागुन २७ र २८ गरी दुई दिनसम्म उक्त होली अफर चल्ने छ । जस अन्तर्गत निशु्ल्क टेस्ट ड्राइभ , गाडीको खरिदमा विशेष किसिमका छुट र उपहारहरु , होलीको रमाइलो उत्सव जस्ता अफरहरु खरिदकर्ता तथा सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । नयाँ बजारमा आएका सवारी साधनहरुको अनुभवसहित विभिन्न अफर किशान अटोमोवाइल्सले प्रदान गर्नेछ । पहिलो दिन भोलि २७ गते धनगढी रंगशाला तथा पर्सी २८ गते बोराडाँडीस्थित भाटभटेनी सुपरमार्केट…
Read More
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघका दीपक राज भट्टले दिए अध्यक्ष पदको उमेदवारी

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघका दीपक राज भट्टले दिए अध्यक्ष पदको उमेदवारी

 ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेविसंघका तर्फबाट आज अध्यक्ष पदको उमेदवारी दर्ता गरिएको छ । क्याम्पसमा बिबिएस तेस्रो वर्ष (नयाँ) मा अध्ययनरत दीपक राज भट्टले अध्यक्षको उमेदवार रहने गरि आफ्नो नाम दर्ता गराएका छन् । आफ्नो उमेदवारी दर्ता पश्चात सबै तह , विधा समेट्ने गरि नेविसंघबाट सबै पदका उमेदवारहरु दर्ता गराइने अध्यक्ष पदका उमेदवार भट्टले बताए । आउँदो निर्वाचनमा प्यानलसहित विजयी भई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बृहत्तर हकहीतमा लाग्ने उनले बताए । आफ्नो प्यानलमा सबै तिरबाट रुचाइएका , सधैँ विद्यार्थीहरुको माझमा रहने , गुनासो सुन्ने र त्यसलाई क्याम्पस प्रशासनसम्म लगेर निष्कर्षमा पुगाउने खालका जुझारु उमेदवार रहेकोले उनको जित सुनिश्चित रहेको…
Read More
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनको उद्घाटन

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन- २०८१ को उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा तथा सभापति नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति विरवहादुर बलायर रहेका थिए । काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी पुगेका हुन्। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी पुगेको थियो। उक्त सम्मेलनमाा नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको छ।
Read More
थारुआलु खेतीबाट आम्दानी लिँदै धनगढीका किसान

थारुआलु खेतीबाट आम्दानी लिँदै धनगढीका किसान

धनगढीः यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए। ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने 'अझै २० क्विन्टल आलु बेच्न बाँकी छ। यस वर्ष आलु राम्रो फलेको थियो। समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो। प्रतिकिलो एक सय ५० मा बिक्री गरियो। उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन। उनले तरकारी खेती समेत गर्ने…
Read More