Skip to main content

धनगढी न्यूज

Month: July 2025

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो । नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर…
Read More
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

गण्डकी प्रदेशमा देखियो ८ जनालाई संक्रमण ५ साउन, पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना…
Read More
एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता

एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा. स्वस्तिसहित ४ जनामाथि मुद्दा दर्ता

काठमाडौंमा अवैध रूपमा किशोरीको डिम्ब बिक्रीमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालक तथा कर्मचारीमाथि बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ । ४ साउन, काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध डिम्ब बेचबिखन गर्दै आएका होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालकसहित कर्मचारीलाई बालबालिका ऐन २०७५ को कसुर अनुसार मुद्दा दर्ता गरिएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार ५ जनालाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको हो । सीआईबीका प्रवक्ता युवराज खड्का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई मुद्दा चलाइएको छ । १८ वर्ष नपुगेका किशोरीलाई…
Read More
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।अन्लाईन खबर बाट साभार
Read More
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर हत्या

जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर हत्या

  ४ साउन, जनकपुरधाम  । जनकपुरको एक होटलमा धारिलो हतियार प्रहारपछि एक तलामाथिबाट खसालेर एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार हत्या हुनेमा महोतरी गाउँपालिका- १ पर्सा बस्ने २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेका छन् । जनकपुरको जिरोमाइल स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति ३ बजेतिर धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालेको अवस्थामा ती युवक फेला परेका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । प्रहरी स्रोतका अनुसार राति एकजना युवतीसँगै ती युवक होटलमा बस्न गएका थिए । युवतीले…
Read More
सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । ४ साउन, जनकपुरधाम  । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर  भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए । अन्लाईन खबर बाट साभार
Read More
पोहोर पहिरोले पुरानो घर छाडे, अहिले नयाँ घरमै बगे बुढाबुढी

पोहोर पहिरोले पुरानो घर छाडे, अहिले नयाँ घरमै बगे बुढाबुढी

४ साउन, पोखरा । पोहोर यही बेला पहिरोले पुरानो घरमा क्षति पुर्‍याएपछि पर्वत मोदी गाउँपालिका-३ का छविलाल विश्वकर्मा दम्पती केही कान्लामुनि रहेको छोरोको घरमा सरेका थिए । यसपालि विश्वकर्मा दम्पती सुतेकै अवस्थामा पहिरोमा पुरिएका छन् । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा पुरिएका हुन् । पहिरोमा पुरिएका विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । पोहोर साल यही समय ढिस्को खसेर पुरानो घरमा क्षति पुगेपछि उनीहरू छोराले बनाएको नयाँ घरमा सरेका थिए । वडा नम्बर ३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार आइतबार बिहानै…
Read More
वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

४ साउन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका छन् । उनले आयोगका कामकारबाहीमा प्रश्न उठाउँदै राजीनामा दिएका हुन् ।उनले अनलाइनखबरसँग भने, ‘हो मैले राजीनामा दिएको हुँ, आयोगको सुधारका लागि मैले निकैपटक आयोगमा आवाज उठाएँ, सक्दो प्रयास गरेँ । केही सिप नलागेपछि राजीनामा दिएको हुँ ।’ उनले १ साउन, २०८२ मै राष्ट्रपति कार्यालयमा राजीनामापत्र बुझाएको बताएका छन् । संवैधानिक पदाधिकारीहरुले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था छ । तर राष्ट्रपति कार्यालयले आइतबार बिहान १० बजे यो समाचार लेखिरहँदासम्म राजीनामाको सूचना निकालेको छैन । मिश्रले…
Read More
लिची बगैंचा हत्याउन गिरोह फेरिरहन्छन् सुजन, हकवालादेखि पैसावालासम्म करारनामा

लिची बगैंचा हत्याउन गिरोह फेरिरहन्छन् सुजन, हकवालादेखि पैसावालासम्म करारनामा

  ४ साउन, पोखरा । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता,  भूमि व्यवस्था मन्त्री बलराज अधिकारी र पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ (चौधरी)सम्म मुछिएको पोखराको लिची बगैंचा प्रकरणमा बिचौलिया सुजन लामाले गिरोह फेरिरहने गरेको पाइएको छ । स्वार्थ समूह, राजनीतिक शक्ति र सरकारकै सम्बन्धित मन्त्रीलाईसमेत प्रयोग गर्न लामा खप्पिस देखिएका छन् । पोखरा–१६ लिची बगैंचाको करिब १ सय ३५ रोपनी जग्गा दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहकै नाममा कायम गर्न ४० वर्षअघि तत्कालीन कास्की जिल्ला, अञ्चल र पश्चिमाञ्चल अदालतले गरेको फैसलाअनुसार हकवाला खडा गरी जग्गा दर्ता गराउन गिरोह फेर्दै, राजनीतिक शक्तिको आडसमेत लिने गरेको पाइएको हो । लामाले २०८० र २०८१ सालमा जग्गाको हकवाला खडा…
Read More
दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र समस्याग्रस्त बनिरहेको छ । ४ साउन, मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक…
Read More