Skip to main content

धनगढी न्यूज

Day: February 3, 2026

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो । ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम  बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । प्रकाशित बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष छन् । यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो । रातोपाटी बाट साभर  
Read More
जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२० माघ, काठमाडौं ।  सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा प्राप्त भएको बुझाएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘पहिला प्रचलित कानुन अनुसार उपलब्ध गराउने निर्णय क्याबिनेटले गरेको थियो । तर जीवन निर्वाह भत्ता…
Read More
ग्यास ढुवानीमा सधैँ सास्ती : हेटौँडामा खिया लाग्दै अर्बौंको लगानी

ग्यास ढुवानीमा सधैँ सास्ती : हेटौँडामा खिया लाग्दै अर्बौंको लगानी

काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकामा ग्यासको अभाव चर्किएको छ । बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयमै लाइन लाग्न पुगेका छन् । नेपाल आयल निगमले बजारमा अन्य ब्रान्डको अभाव नभएको र नेपाल ग्यासको मात्र आन्तरिक समस्याले काठमाडौँमा केही असहजता भएको दाबी गरिरहँदा उद्योगीले भने समस्या गहिरिँदै गएको बताएका छन् । यो समस्याको तत्कालीन कारण भारतीय रिफाइनरीको समस्या र खपत बढी भनिए पनि यसको मुख्य जड भने नेपालको आफ्नै ग्यास ढुवानी संयन्त्र (बुलेट) नहुनु र भारतले नेपाली बुलेट सञ्चालनमा अनुमति नपाउनु रहेको पाइएको छ । यो पनि के बजारमा अभाव भएकै हो खाना पकाउने ग्यास ?…
Read More
तपाईं कसलाई मत दिनुहुन्छ– तपाईंको मोबाइलले भन्छ!

तपाईं कसलाई मत दिनुहुन्छ– तपाईंको मोबाइलले भन्छ!

कर्मकल्चर तपाईं कसलाई मत हाल्दै हुनुहुन्छ भनेर म सोध्न चाहन्नँ। त्यो तपाईंको गोप्यताको अधिकार हो। तर यत्ति सोध्न यो स्तम्भ लेख्दैछु — तपाईं कुन चुनाव चिह्नमा मत हाल्ने मन कसरी बनाउनुहुन्छ? हामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छौं। सधैं भन्ने गर्छौं — देशहितमा सदुपयोग होस्। अझ सजिलै भनिन्छ — आफ्नो विवेक प्रयोग गर्नुहोस्। मत दिन पाउने अधिकार हाम्रो हो। विवेक पुर्‍याएर मत दिन सकियोस् भन्ने हाम्रो कामना हो। तर प्रश्न त्यहीँ अल्झिन्छ — कुन चिह्नमा मत हाल्दा विवेक पुगेको मान्ने? निर्वाचनअघि होस् वा पछि, प्रश्न उही हो — हामी कति स्वतन्त्र छौं? कसलाई मत दिने भन्ने निर्णय हामी आफै गर्छौं कि कसैले…
Read More