09
Feb
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा आउन अब २४ दिन बाँकी छ। आगामी फागुन २१ मा हुने उक्त निर्वाचन जित्न चुनावी मैदानमा होमिएका उम्मेदवारहरू यतिखेर जनताको घरदैलो चहारिरहेका छन्। भोटको लागि मिठो मिठो वाचा गरिरहेका छन् तर अझै प्रमुख राजनीतिक दलहरू (नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा,राष्ट्रिय स्वतन्त्र पार्टी)लगायत दलहरूले ‘चुनावी घोषणापत्र’सार्वजनिक गरेका छैनन्। यहीबीच निजी विद्यालयहरूको सर्वोच्च संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले शिक्षा क्षेत्रमा आफ्नो विभिन्न माग राखेर ती दलहरूको घोषणापत्रमा समावेश गर्न माग गरेको छ। हिजो (आइतबार) प्याब्सनले पत्रकार सम्मेलन आयोजना गरेर मागह सार्वजनिक पनि गरिसकेको छ। निजी विद्यालयबारे बेला बेला विभिन्न शीर्षकमा चर्को शुल्क लिएर शिक्षाको नाममा व्यापार गर्ने गरेको पनि आरोप लाग्ने गरेको…






