Skip to main content

धनगढी न्यूज

Day: February 18, 2026

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो। कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे । पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा…
Read More
लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

६ फागुन, काठमाडौं । जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्घोष सभा गरेको ठ्याक्कै एक महिनापछि बुधबार नेपाली कांग्रेसले प्रतिज्ञा सभा गर्‍यो । रास्वपाले गत माघ ५ गते जनकपुरमा उद्घोष सभा गरेर चुनावी अभियान सुरु गरेको थियो । रास्वपाका वरिष्ठ नेता बालेन शाहले रास्वपाका तर्फबाट पहिलो सम्बोधन त्यहीँ गरेका थिए । आफूलाई ‘मधेसी छौरा’ बताउँदै मैथिली भाषामा उनले गरेको सम्बोधनले मधेसका नागरिकको मन जितेको पनि थियो । माघ ६ गते झापा–५ गएर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बालेनले देश दौडाहा सुरु गरे । माघ ५ गते रास्वपाले गरेको उद्घोष सभामा बालेनले करिब १० मिनेटमात्रै सम्बोधन गरेका…
Read More
सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

भोजपुर : यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।  उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुईवटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ। जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो। दुर्घटनामा…
Read More
जेनजी आन्दोलनपछि के छ सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दाको अवस्था ?

जेनजी आन्दोलनपछि के छ सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दाको अवस्था ?

काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा ९० प्रतिशत मुद्दाका मिसिलहरु जले । तीमध्ये एक हजारभन्दा बढी भ्रष्टाचारसँग सम्बन्धित मुद्दाका मिसिल खरानी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धन आयोगबाट विशेष अदालमा भ्रष्टाचार मुद्दा दर्ता भई फैसला भएर सर्वोच्च अदालतमा पुनरावेदनमा पुगेका कतिपय मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहँदा आगजनीमा परेर सबै मिसिल जलेर नष्ट भएका थिए । भ्रष्टाचार सम्बन्धी मुद्दाका सयौं मिसिल आगजनीमा परेर एकसाथ जलेपछि मिसिल कागजातको पुन: प्राप्ति र प्रमाणीकरणको कार्य चलिरहेको छ । केही मिसिल फाइल प्राप्ति भएर सुनुवाइका लागि पेसी चढ्न सुरू गरेको छ । कतिपय मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर अन्तिम चरणमा पुगेका…
Read More
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको…
Read More
विश्वकपमा नेपालको सान्त्वना जित

विश्वकपमा नेपालको सान्त्वना जित

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपालले सान्त्वना जित हात पारेको छ।  लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो। साथै टी–२० विश्वकपमा नेपालको यो जित १२ वर्षपछिको पहिलो हो। जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ। यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए।  यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो। स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान…
Read More