Skip to main content

धनगढी न्यूज

Month: February 2026

इरानसँगको वार्तामा ट्रम्प पनि अप्रत्यक्ष रूपमा सहभागी हुने

इरानसँगको वार्तामा ट्रम्प पनि अप्रत्यक्ष रूपमा सहभागी हुने

इरानसँग परमाणु कार्यक्रमबारे वार्तामा अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने भएका छन्। मंगलबार स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुँदैछ। वार्ताका लागि अमेरिकाबाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ट्रम्पकै ज्वाँइ ज्यारेड कुश्नर सहभागी हुनेछन्। वार्ताकै लागि इरानका विदेशमन्त्री अब्बास अराक्ची सोमबार नै जेनेभा पुगिसकेका छन्। दुई देशबीचको उच्चस्तरीय वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू पनि अप्रत्यक्ष रूपमा सहभागी हुने बताएका हुन्। सोमबार एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफू सो वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुन लागेको बताएका हुन्। 'वार्ता अत्यन्त महत्त्वपूर्ण रहनेछ। त्यसकारण अप्रत्यक्ष रूपमा मेरो संलग्नता पनि हुनेछ,' ट्रम्पले पत्रकारहरूसँग भने। ट्रम्पले पछिल्लो समय…
Read More
९ महिनाको गर्भ बोकेर घरदैलोमा रञ्जु (तस्बिरहरू)

९ महिनाको गर्भ बोकेर घरदैलोमा रञ्जु (तस्बिरहरू)

काठमाडौँ । २०७४ को स्थानीय चुनावमा विवेकशील नेपालीबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना यो पटकको चुनावमा काठमाडौँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छिन् । १७ वर्षकै उमेरमा राजनीतिमा लागेकी रञ्जु निर्वाचन आएसंगै चुनावी प्रचारमा लागेकी छिन् । ९ महिनाको गर्भवती भए पनि उनले आफ्नो चुनावी प्रचार प्रसार रोकेकी छैनन् । सोमबारदेखि निर्वाचन आयोगले १५ दिनको लागि प्रचार प्रसार गर्न पाउने समयसीमा तोकिदिएपछि उनी आफ्नो श्रीमानको साथमा प्रचार प्रसारमा निस्केकी छिन् । काठमाडौँ क्षेत्र नम्बर १ मा पर्ने कामनापाका १०, ११, २९ र ३१ वडा सम्मिलित यो क्षेत्रमा २३ हजार २३७ पुरुष र २५ हजार २५२…
Read More
तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण

तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण

५ फागुन, काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए । १२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको…
Read More
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

५ फागुन, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो । नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ । फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार…
Read More
२० प्रतिशत उम्मेदवारले मात्रै खोले बैंक खाता

२० प्रतिशत उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौँ : निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्। कुल ३ हजार ४०६ जना उम्मेदवारमध्ये ६७१ जनाले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यो कुल उम्मेदवारको करिब २० प्रतिशत हो। राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ। नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरुको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको छ। हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक…
Read More
कर्णालीमा १९ अर्बभन्दा बढी विकास बजेट, ७ महिनामा १ अर्ब ८८ करोडमात्रै कार्यान्वयन

कर्णालीमा १९ अर्बभन्दा बढी विकास बजेट, ७ महिनामा १ अर्ब ८८ करोडमात्रै कार्यान्वयन

सुर्खेत । पहिलो अर्धवार्षिक समीक्षा पार गरिसक्दा पनि कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा प्रगति गर्न सकेको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको माघ मसान्तसम्मको बजेट कार्यान्वयन तथ्याङ्क अनुसार हालसम्म १६.१४ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड ४० लाख ५६ हजार बराबर बजेट खर्च हुन सकेको छ । जबकि चालु आर्थिक वर्ष (०८२/०८३) का लागि सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । सरकारसँग अझै २७ अर्ब ६७ करोड बराबर बजेट मौज्दात छ । सरकारले अर्धवार्षिक समीक्षा अवधि अर्थात् पुस मसान्तसम्म ४ अर्ब ५३ करोड ३४ लाख ३३ हजार २८३ रुपैयाँ अर्थात्…
Read More
सामान्य प्रशासनिक सेवामै खर्च हुन्छ सरकारको आधाभन्दा धेरै बजेट

सामान्य प्रशासनिक सेवामै खर्च हुन्छ सरकारको आधाभन्दा धेरै बजेट

४ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३  पहिलो ६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । यो बजेटलाई कार्यगत खर्च अनुसार तुलना गर्दा सबैभन्दा बढी सामान्य प्रशासनिक सेवामा खर्च हुने गरेको देखिएको छ । कार्यगत खर्च तुलनाभित्र चालु र पूँजीगत दुवै प्रकृतिको खर्च जोडिएको हुन्छ । अर्थ मन्त्रालयका अनुसार यस क्षेत्रमा मात्र ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख खर्च भएको छ । जुन कुल बजेट खर्चको साढे ५८ प्रतिशत हाराहारी हो । यस शीर्षक अन्तर्गत विभिन्न तहका सरकारलाई गरिएको हस्तान्तरण समेत समावेश छ । पुस मसान्तसम्म १ खर्ब ९० अर्ब हस्तान्तरण भएको तथ्यांक…
Read More
पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउन गगन थापाका ४ योजना

पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउन गगन थापाका ४ योजना

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई पाँच वर्षभित्र डिजिटल हब बनाउने गरी विभिन्न योजना अघि सारेका छन्। सोमबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै पाँच वर्षभित्र नेपाललाई डिजिटल हब बनाउने लक्ष्यसहित चार प्रमुख योजना सार्वजनिक गरेका छन्। उनले आफूले यसअघि कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको तीन/चार लाख कमाउन सकिने कुरालाई उडाइए पनि त्यो हावादारी नभएको पुनः दाबी गरेका छन्। 'केही समयअघि कीर्तिपुरको एउटा राजनीतिक सभामा मैले त्यही डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ भनेको थिएँ। त्यो कुरा हाँसोको विषय पनि बन्यो, धेरै ट्रोल पनि भए। तर मैले हावादारी कुरा गरेको…
Read More
छैटौंपटक चुनावी मैदानमा दीपक गिरी, आफ्नालाई एकढिक्का बनाउने चुनौति

छैटौंपटक चुनावी मैदानमा दीपक गिरी, आफ्नालाई एकढिक्का बनाउने चुनौति

४ फागुन, दाङ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेलगत्तै गगन थापाले कांग्रेस बदलिएको प्रचार गरे । तर कांग्रेस बदलिएको अनुभूति दाङ क्षेत्र नम्बर ३ ले गर्न पाएन । किनभने दाङ ३ मा कांग्रेसले पुरानै अनुहारका दीपक गिरीलाई टिकट दियो । गिरी ३१ वर्ष अवधिमा छैटौंपटक चुनावी मैदानमा छन् । यस अवधिमा उनले २०७० र २०७९ को चुनाव जिते । २०५१, २०६४ र २०७४ मा उनले हार व्यहोरे । अब उनी छैटौं पटक चुनाव लड्दैछन् । २०३० सालको विद्यार्थीकाल हुँदै राजनीतिमा आएका गिरी साढे चार दशकदेखि कांग्रेसमा सक्रिय छन् । २०५१ सालदेखि चुनावमा लड्न थालेका उनले अहिलेसम्म पाँच वटा चुनाव लडिसके । २०५१…
Read More
निर्वाचनमा कति दिन विद्यालय बन्द हुन्छन् ?

निर्वाचनमा कति दिन विद्यालय बन्द हुन्छन् ?

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छ। आगामी २१ मा हुने प्रतिनिधिसभा निर्वाचन एकै चरणमा देशभर हुँदै छ। जसअनुसार सरकार लागि परेको छ। प्रधानमन्त्री सुशीला कार्की विभिन्न क्षेत्रमा पुगेर निर्वाचन तयारीबारे समेत जानकारी लिइरहेकी छिन्। मतपत्र छपाइको काम पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ। अब दुई दिनमा मतपत्र छपाइ सक्ने आयोगको तयारी छ। छापिएका जति जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ। हाल दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ। यता,निर्वाचनमा होमिएका…
Read More