23
Mar
प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दलको बैठक राखेर बालेन शाहलाई नेता चयन गर्ने छ। ‘सांसदहरूको शपथ ग्रहणलगत्तै दलको बैठक बसेर नेता चयन गर्ने कि चैत १३ गते दल बोलाउने भन्ने छलफल भइरहेको…






