Skip to main content

धनगढी न्यूज

Day: March 28, 2026

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते, केही पक्राउ

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते, केही पक्राउ

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमालेका केही कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। प्रहरीसँग भएको घम्साघम्सीमा लाठी चार्ज हुँदा कार्यकर्ता युवराज ओलीलगायत घाइते भएका छन्। सिँहदरबारको दक्षिण गेटतर्फ जाने क्रममा लाठीचार्ज भएको बताइएको छ। सो क्रममा केही गाडी तोडफोड भएको र प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यस पनि प्रहार भएको थियो। प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए। केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।थाहा खबर बाट साभार
Read More
दुई तिहाइ सरकारले शपथ लिएकै दिनबाट दिनगन्ती सुरु भयो : महेश बस्नेत

दुई तिहाइ सरकारले शपथ लिएकै दिनबाट दिनगन्ती सुरु भयो : महेश बस्नेत

१४ चैत, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन् । प्रहरीबाट आफूहरूमाथि दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । ‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ,’ बस्नेतले भनेका छन्, ‘साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।’ आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले आजैबाट प्रदर्शन थालेको छ । एमालेले अध्यक्ष ओलीको पक्राउलाई ‘पूर्वाग्रह र प्रतिशोध’ भनेको छ । ‘पूर्वाग्रह र…
Read More
सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो । उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । ‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ भट्टराईले अनलाइनखबरसँग भने । प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री…
Read More
अन्तर्राष्ट्रिय मिडियामा ओली पक्राउ प्रकरण

अन्तर्राष्ट्रिय मिडियामा ओली पक्राउ प्रकरण

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनदेखि नै नेपालको राजनीतिक घटनाक्रमलाई चासोपूर्वक कभर गरिरहेका अन्तर्राष्ट्रिय मिडियाले शनिबार केपी शर्मा ओली पक्राउको घटनालाई पनि उच्च प्राथमिकतासाथ कभर गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको घटना जिम्मेवार रहेको आरोपमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । बालेन शाहको राजनीतिक उदयलाई पहिलेदेखि नै विशेष चासोको रूपमा लिएका अन्तर्राष्ट्रिय मिडियाले उनको यस प्रारम्भिक कदमलाई नियालिरहेको देखिन्छ । प्रधानमन्त्रीको शपथग्रहणको नयाँपनलाई समेत रुचिका साथ कभर गरेका अन्तराष्ट्रिय मिडियाले नवनिर्वाचित सरकारको यस कदमलाइ ‘दक्षिण एसियाकै एउटा विरलै देखिने राजनीतिक साहस’का रूपमा व्याख्या गरेका छन् । बीबीसीले नेपालको राजनीतिक घटनाक्रमलाई…
Read More
ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासी किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छ । आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यान सम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोका साथ हेरिएको छ ।अन्लाईन खबर बाट साभार
Read More
नवलपरासीको दाउन्नेमा दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

नवलपरासीको दाउन्नेमा दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

नवलपरासीः नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृतक तीनै जना पुरुष रहेको र रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप…
Read More