Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2290 Posts
चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् । रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् ।अन्लाईन खबर बाट साभार
Read More
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।Set featured image काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् । यसैगरी ललितपुर २ मा…
Read More
रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता

रुपन्देही ४ मा एमालेका प्रमोद यादवको अग्रता

२२ फागुन, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् । सुरुआती अग्रता लिएका यादव २०७४ को चुनावमा नेपाली कांग्रेसबाट यही क्षेत्रबाट जितेका थिए भने २०७९ को चुनावमा पराजित भएका थिए । गणना भएको मतमध्ये ५१० मत बदर भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले…
Read More
ठुलो उलटफेरको संकेतः कोशी प्रदेशमा कसले कति जित्लान् सिट ?

ठुलो उलटफेरको संकेतः कोशी प्रदेशमा कसले कति जित्लान् सिट ?

विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पूरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठुलो उलटफेर ल्याइदिने संकेत गरेको छ । विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै अनुमान गर्न सकिन्छ कि विगतमा कांग्रेस, एमालेको दबदबा रहने कोशी प्रदेशको झापा, मोरङ, सुनसरी मात्रै होइन पहाडि इलाकामा पनि अप्रत्याशित नतिजा आउन सक्छ । अबका केही घण्टामा खोलिने मतपेटिका र त्यसमा रहेको मतको गणनाले हाम्रा अनुमान यथार्थ हुनपनि सक्छ र नहुन पनि सक्छ । तर, यथार्थको नजिक पुगेर हामीले अनुमान गर्ने कोशिष गरेका छौँ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विगतका गढ यस पटकको निर्वाचनले तोड्ने दाबी गरे । ‘यस…
Read More
शान्तिपूर्ण निर्वाचन गराएको भन्दै कांग्रेस सभापति थापाले दिए सरकारलाई धन्यवाद

शान्तिपूर्ण निर्वाचन गराएको भन्दै कांग्रेस सभापति थापाले दिए सरकारलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति गगन थापाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन्। आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं।’ निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति उनले बधाई पनि दिएका छन्। ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ। निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली काग्रेस…
Read More
हेलिकप्टरको व्यस्तताका कारण हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

हेलिकप्टरको व्यस्तताका कारण हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

हिमाली जिल्लाका मतपेटिका संकलन गरेर भोलि मात्रै सकिने भएको छ। हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको हो। निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ। हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। मतपेटिका संकलनको जिम्मा नेपाली सेनाले पाएको छ। आयोगका अनुसार हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ। सेतोपाटी बाट साभार
Read More
मतदानको निर्धारित समय सकियो

मतदानको निर्धारित समय सकियो

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ । यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसो भनेपनि अधिकांश जिल्लामा निर्धारित समयमै मतदान कार्य सकिएको फिल्डमा खटिएका अनलाइनखबरकर्मीले जानकारी दिएका छन् ।अन्लाईन खबर बाट साभार
Read More
प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

२१ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ । छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् । अन्लाईन खबर बाट साभार
Read More
सुशीला कार्कीको विजय

सुशीला कार्कीको विजय

२१ फागुन, काठमाडौं । मतगणना सकिँदा कुनै पार्टीले विजय पाउला, कुनै पार्टी पछि पर्ला । तर जेनजी विद्रोहपछिको कठिन संक्रमणकाल व्यवस्थापन गर्न प्रधानमन्त्री सुशीला कार्की अब्बल ठहरिएकी छन् । आज बिहीबार देशभरि सफल भएको मतदानको पहिलो जस प्रथम नेपाली महिला प्रधानमन्त्री तथा प्रधान्यायाधीश सुशीला कार्कीलाई जान्छ । यो सफलताको कथा जति सजिलो गरी टुंगिन लागेको देखिन्छ, सुरुवात भने त्यति सजिलो थिएन । संसद्ले चुनेका प्रधानमन्त्री केपी ओलीलाई युवा आन्दोलनले विस्थापित गर्दै गर्दा नागरिक सरकार नै बन्ने हो कि होइन भन्ने आशंकासमेत थियो । यस्तैमा प्रधानमन्त्री प्रस्तावित कार्की के गरौं, कसो गरौंको द्विविधामा थिइन् । सकभर कार्यकारी बन्न नपरे हुन्थ्यो भन्नेमा…
Read More
ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

२१ फागुन, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् । स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । ४ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको हो । उनीहरूले वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्न जग्गादान गरेका थिए । उक्त जग्गामा अस्पताल बनेपछि या आफ्नो जग्गा फिर्ता दिन अन्यथा अस्पताल निर्माण हुनुपर्ने उनीहरूको माग छ ।अन्लाईन खबर बाट साभार
Read More