धनगढी न्यूज

समाचार

‘स्ट्रेट अफ होर्मुज’मा इरानको व्यवहार युद्धविराम सम्झौता विपरितः ट्रम्प

‘स्ट्रेट अफ होर्मुज’मा इरानको व्यवहार युद्धविराम सम्झौता विपरितः ट्रम्प

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गबाट हुने तेल ढुवानीको व्यवस्थापनलाई लिएर इरानको कडा आलोचना गरेको बीबीसीले जनाएको छ। इरानले यो जलमार्गमा अत्यन्तै खराब काम गरिरहेको आरोप लगाउँदै ट्रम्पले  आफूहरूबीच भएको सम्झौताअनुसार नभएको बताएका छन्। यसैबीच, मध्यपूर्वको स्थिति थप जटिल बन्दै गएको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मन्त्रिमण्डललाई लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएका छन्। तर, अर्कोतर्फ उनले लेबनानमा कुनै युद्धविराम नभएको स्पष्ट पार्दै हिजबुल्लाहमाथि शक्तिशाली प्रहार जारी राख्ने बताएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार, बुधबार इजरायली आक्रमणमा ३०३ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले बेरुतका केही भागहरू खाली गर्न आदेश दिएलगत्तै…
Read More
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ। प्रतिनिधिसभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। उपसभामुख पदको निर्वाचन आज हुँदैछ। तर, प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसको समर्थन पाएकी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ।थाहाखबर बाट साभार      
Read More
गलत नम्बरमा फोन जाँदा विवाद, आवेशमा दाजुभाइको हत्या

गलत नम्बरमा फोन जाँदा विवाद, आवेशमा दाजुभाइको हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको हो। उनीहरू सहोदर दाजुभाइ हुन्। इमाडोलमा पनि उनीहरूको घर छ। पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका युवकले उनीहरूलाई छुरा प्रहार गरेका हुन्। गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। चैत २५ मा मध्याह्न १२ बजेतिर नेम्बाङ दाजुभाइ र अरू दुई जना पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गए। सँगै जानेमा काका नाता पर्ने एक जना…
Read More
हिरासतबाट छुटेपछि ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

हिरासतबाट छुटेपछि ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेको भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउनेहरूलाई आभार प्रकट गरेका छन् । उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञ रहेको बताएका छन् । साथै, ओलीले रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार…
Read More

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुवी कुमारीलाई रास्वपाको समर्थन

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उनले भने ।अन्लाईन खबर बाट साभार
Read More
एसपिए कलेजद्धारा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न

एसपिए कलेजद्धारा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न

धनगढी — सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै शुभकामना प्रदान तथा फेरि भेटौँला कार्यक्रम बुधबार धनगढीस्थित होटल पौवामा सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक यात्राको महत्वपूर्ण चरण पूरा गरी उच्च शिक्षातर्फ अग्रसर हुने अवसरलाई स्मरणीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एसपिए कलेजले जनाएको छ। कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्रमुख प्रशासकिय अधिकृत , विभिन्न संकाय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम कलेजका उप कप्तान ज्योति भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख बुधराम चौधरी सहभागी भएका थिए। कार्यक्रमको सुरुवात अतिथि स्वागत, दीप प्रज्वलन तथा स्वागत मन्तव्यसँगै गरिएको थियो। त्यसपछि…
Read More
नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् र युद्धविराम ‘लेबनानमा लागू नहुने’ बताएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले युद्धविरामबारे एक वक्तव्य जारी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार उक्त वक्तव्यमा भनिएको छ, ‘इजरायल राष्ट्रपति ट्रम्पको इरानविरुद्धका आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णयलाई समर्थन गर्दछ—तर यो सर्तमा कि इरानले तुरुन्त जलघाँटी खोलोस् र अमेरिका, इजरायल तथा क्षेत्रका अन्य देशमाथिका सबै आक्रमण रोकियोस्।’ नेतन्याहूको कार्यालयले इजरायलले अमेरिकाको प्रयासलाई समर्थन गर्ने पनि जनाएको छ, जसको उद्देश्य इरानले ‘अब आणविक, मिसाइल र आतङ्ककारी खतरा उत्पन्न गर्न नसकोस्’ भन्ने सुनिश्चित गर्नु हो। साथै, आगामी वार्तामा यी लक्ष्य हासिल गर्न अमेरिका प्रतिबद्ध रहेको…
Read More
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साता युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ। ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम गर्न राजी भएको बताएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन्। मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो। ट्रम्पले इरानलाई दिएको समयसीमा…
Read More
शैक्षिकसत्र १५ वैशाखबाट गर्ने निर्णयले विद्यालयहरु अलमलमा, क्यालेन्डर मिलाउँदै मन्त्रालय

शैक्षिकसत्र १५ वैशाखबाट गर्ने निर्णयले विद्यालयहरु अलमलमा, क्यालेन्डर मिलाउँदै मन्त्रालय

२५ चैत, काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारको निर्णयले वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा अन्योल भएको छ । यसअघि १ वैशाखबाट नयाँ शैक्षिकसत्र सञ्चालन हुने गरेको थियो । मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण शैक्षिकसत्र सारिएको हो । ‘क्याबिनेटले निर्णय गर्दा पेट्रोलियम पदार्थका कारण सारिएको भनिएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने । शैक्षिक क्यालेन्डर मिलाउने तयारी सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने…
Read More
स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

हाल मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय सरकार छन् । संविधानको धारा २९५ बमोजिम गठित स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय (२०७३/७४) का आधारमा स्थानीय सरकार निर्धारण गरिएको हो। ति अन्तर्गतका ६,७४३ वडा कार्यालयहरू समेत सक्रिय रूपमा सञ्चालनमा रहेका छन्। यी संरचनाहरूले स्थानीय लोकतन्त्रलाई नागरिकको घरदैलोमै पुर्‍याउने मात्र होइन, राज्यप्रतिको जनविश्वासलाई थप सुदृढ बनाउने कार्य गरेका छन्। संघीय शासन प्रणाली कार्यान्वयनको यस अवधिमा स्थानीय सरकारहरूले सेवा प्रवाह, विकास निर्माण, योजना तर्जुमा तथा वित्तीय व्यवस्थापनमा उल्लेखनीय अनुभव हासिल गरेका छन् । साथसाथै जनसंख्यामा आएको परिवर्तन, आर्थिक क्रियाकलापको विस्तार, भौतिक पूर्वाधारको…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×