28
Mar
नवलपरासीः नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृतक तीनै जना पुरुष रहेको र रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप…






