30
Mar
आजको समाजमा दुईवटा अदालत समानान्तर चलिरहेका छन् । एउटा संविधानले बनाएको ‘कानुनी अदालत’, अर्को स्मार्टफोनले जन्माएको ‘डिजिटल अदालत’ । पहिलोले प्रमाण खोज्छ, दुवै पक्ष सुन्छ र समय लिएर बोल्छ । दोस्रोले १० सेकेन्डको क्लिप हेर्छ, तुरुन्तै फैसला सुनाउँछ र क्षणभरमै सजायँको घोषणा गर्छ । हामी यही डिजिटल भीडतन्त्रको दोसाँधमा उभिएका छौँ । क्यामेरा : नागरिकको आँखा कि भीडको ढुंगा ? पछिल्लो समयमा अरूको अनुमतिबिना भिडियो खिच्ने र सामाजिक सञ्जालमा ‘भाइरल’ बनाउने होडबाजी नै चलेको छ । कतिपय अवस्थामा यसले सकारात्मक परिवर्तन पनि ल्याएको छ भन्दा फरक नपर्ला । अस्पतालका ढिलासुस्ती, सरकारी अड्डाका भ्रष्टाचार र शक्तिमा बस्नेहरूको अहंकारलाई नागरिकको यो सानो…






