Skip to main content

धनगढी न्यूज

राजनीति

मध्यपूर्वको तनावप्रति ओलीको चिन्ता, नेपालीको सुरक्षामा परिचालित हुन सरकारसँग माग

मध्यपूर्वको तनावप्रति ओलीको चिन्ता, नेपालीको सुरक्षामा परिचालित हुन सरकारसँग माग

१६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गरेका छन् । ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले फेसबुकमा लेखेका छन् । युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन उनले आह्वान गरेका छन् । ‘त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,’ ओलीले लेखेका छन् । शनिबार बिहानै इजरायल र अमेरिकाले इरानमाथि हमला गरेका छन् । त्यसपछि इरानले खाडीका अन्य देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलक्षित…
Read More
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो। फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ। उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो। निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत…
Read More
‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

करिब १३ वर्ष प्राध्यापन अवधि बाँकी हुँदै चटक्क त्यसलाई छाडेर कसरी उम्मेदवार बन्ने निर्णय लिनुभयो ? म प्राध्यापन पेसामै थिए । मैले केही समय विद्युत् प्राधिकरणमा सञ्चालक समिति सदस्य र कार्यकारी निर्देशक भूमिकामा रहेर काम गरे । र प्राध्यापन पेसामा रहदैका बखत म केही समाजसेवामा पनि संलग्न थिए । म पुल्चोक क्याम्पसमै २०५३ देखि २०५५ सालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति भएर काम गरे । नेविसंघबाट मैले जितेको थिए । राजनीतिक पृष्ठभूमि थियो तर राजनीतिक गतिविधिलाई मैले सुषुप्त रूपमा नै राखेको थिए । कांग्रेस भित्रको परिस्थिति बदलिएपछि विशेष महाधिवेशनबाट राजनीतिक नेतृत्व परिवर्तन भएको सबैलाई थाह छ । विद्यार्थी राजनीतिमा गगन थापा त्रिचन्द्रमा…
Read More
काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्र छन् । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । जहाँ मुख्य निर्वाचन अधिकृत पुरुष छन् भने निर्वाचन अधिकृतहरू सबै महिला छन् । भक्तपुरमा मुख्य निर्वाचन अधिकृत नवराज दाहाल छन् । उनी भक्तपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् । दाहालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ हेर्छन् । भक्तपुर–२ मा निर्वाचन अधिकृत राधिका सुवाल छिन् । सुवाल जिल्ला सरकारी वकिलको कार्यालय दोखलाकी जिल्ला न्यायाधिवक्ता हुन् । ललितपुरमा मुख्य निर्वाचन अधिकृत पुनाराम खनाल छन् । खनाल ललितपुर जिल्ला अदालतमा जिल्ला न्यायाधीश हुन् । खनालले ललितपुर–३ हेर्छन्…
Read More
परिपक्व भइसकेकाले निडर प्रतिनिधि बन्ने घरदैलोमा तोसिमाको बाचा

परिपक्व भइसकेकाले निडर प्रतिनिधि बन्ने घरदैलोमा तोसिमाको बाचा

काठमाडौं  । देशभरका उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा छन् । उनीहरू दिउँसोभन्दा बढी बिहान र साँझको समयमा मतदाता भेट्न पुग्छन् । चुनाव नजिकिएसँगै नेताले मतदातालाई हात जोडेर नमस्कार गरिरहने र मतदाताले घरको छत वा बार्दलीबाट हात हल्लाउने दैनिकजस्तै बनेको छ । सामान्य अवस्थामा नेतालाई मतदाताले नमस्कार गर्ने चलन भए पनि चुनावी माहोलमा भने परिस्थिति ठिक उल्टो छ । यतिबेला नेताहरू मतदातालाई हात जोडेर नमस्कार गरिरहेका छन् । सहरी क्षेत्रमा चुनावी घरदैलोको दृश्य अझ रमाइलो छ । सधैँ स्टेज वा उच्च आसनमा बस्ने नेता–कार्यकर्ताहरू मतदाताको घरमुनि सडकबाट नमस्कार गर्दै हिँड्छन् भने मतदाताहरू घरको छत वा बार्दलीबाट हात हल्लाउँदै नेताको आसनमा देखिन्छन् ।…
Read More
ललितपुरमा १ सय ३० जना एमालेमा प्रवेश

ललितपुरमा १ सय ३० जना एमालेमा प्रवेश

ललितपुर: गोदावरी नगरपालिका-४ बडिखेलमा नेपाली कांग्रेस , नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ३० जना नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेलको पक्षमा मत दिन उनीहरु तयार भएका छन्। एमालेका ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, ललितपुर १ का निर्वाचन कमाण्डर शुसीला नेपाल, बाग्मती प्रदेशसभाका कृषि तथा पशुपन्छी मन्त्री मधुसुधन पौडेल, निर्वाचन सहकमाण्डर नवराज सिलवाल, केन्द्रिय सदस्य तारा सञ्जेल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य र उम्मेद्वार सञ्जेलले नवप्रवेशीलाई टीका, माला, खादा लगायर पार्टीमा स्वागत गरेका थिए। स्थानीय यूवा नेता रमेश पहारी र यूवा उद्यमी अभय न्यौपानेको विशेष पहलमा उनीहरु अन्य पार्टि परित्याग गरी एमालेमा प्रवेश…
Read More
विगतका प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

विगतका प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहाः आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन। हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतिक्षा गरिरहेका छन्। पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने नयाँलाई पुरानाजस्तै नहुने आधार पेस गर्न धौधौ छ। यहाँका मतदाताले अहिले मुख्य रूपमा चारवटा मुद्दालाई आफ्नो ‘बार्गेनिङ प्वाइन्ट’ बनाएका छन्, कमला पुलको अलपत्र अवस्था, भूमिहीनको लालपुर्जा, किसानको मलखाद र गाउँगाउँमा पक्की सडक। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्ष बित्दापनि निर्माण सम्पन्न नभएकोमा स्थानीयको ठूलो आक्रोश छ। सिरहा…
Read More
कृषि क्षेत्रको प्रणालीगत समस्या

कृषि क्षेत्रको प्रणालीगत समस्या

कम्प्युटरका पुराना फाइलहरू हेर्दै गर्दा कुनै समयमा विश्व बैंकको सहयोगमा सञ्चालित कृषि सम्बन्धी परियोजना ‘प्याक्ट’ मा मैले स्वतन्त्र मूल्याङ्कनकर्ताको रूपमा तयार पारेका केही कृषि परियोजनाका मूल्याङ्कन सम्बन्धी कागजातहरू भेट्टाएँ। ती धेरै वर्ष पुराना दस्तावेज हुन्। तर पनि नेपाली कांग्रेसका सभापति गगन थापालाई ‘मटन काजी’ भनेर दुष्प्रचारित स्थितिमा पुर्‍याउने, अहिलेसम्म उनलाई छायाँ जसरी पछ्याइरहेको र सामाजिक रूपमा स्पष्टीकरण गर्न ‘मटन वर्ल्ड’ नामक वेबसाइट समेत सञ्चालन गर्नुपर्ने अवस्था आइपरेको विद्यमान अवस्थाले पनि उक्त परियोजनासँग सम्बन्धित फाइलभित्र गएर हेर्न मलाई उत्सुकता जाग्यो। ती दस्तावेजहरूको अध्ययन गर्दा प्याक्ट परियोजनामा प्राप्त प्रस्तावहरूको मूल्याङ्कनको मापक तथा प्रक्रिया स्पष्ट रूपमा संरचित रहेको देखियो। सामान्यतया चार जना मूल्याङ्कनकर्ता (वित्तीय, प्राविधिक, बजार र कृषि व्यवसाय सम्बन्धी) एकै ठाउँमा बसेर, प्रस्तावकर्ताको पहिचान नखुलाई कोड…
Read More
गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेर सम्बोधन गरेका छन् । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही-४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो । सर्लाही-४ मा पुगेर मतदातालाई सम्बोधन गर्दा रास्वपा सभापति लामिछानेले कांग्रेस सभापति थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे । ‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले…
Read More
चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेससँग असन्तुष्ट भएर विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका धेरै नेता-कार्यकर्ता पुनः कांग्रेसमै फर्केका छन् । उनीहरूले विशेष महाधिवेशनबाट कांग्रेस परिवर्तन भएकोले रास्वपा परित्याग गरी पुरानै दलमा फर्किएको जिकिर गरेका छन् । रास्वपा स्थापनाकालीन मूल्य, मान्यताविपरीत चल्न थालेकोले पार्टी परित्याग गरेको उनीहरूको भनाइ छ । उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सनको नाममा पैसा उठाएर फरक तरिकाले उम्मेदवार चयन गरिएको भन्दै उनीहरूले चरम असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको सिद्धान्त र विधान कुल्चिएर निर्णय हुने गरेको एवं आर्थिक अनियमितता भएको आरोप रास्वपा परित्याग गर्नेहरूले लगाएका छन् । चुनावी प्रचारकै क्रममा जिल्लादेखि प्रदेशसम्मका उच्च तहका नेताहरूले रास्वपा…
Read More