Skip to main content

धनगढी न्यूज

राजनीति

नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् र युद्धविराम ‘लेबनानमा लागू नहुने’ बताएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले युद्धविरामबारे एक वक्तव्य जारी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार उक्त वक्तव्यमा भनिएको छ, ‘इजरायल राष्ट्रपति ट्रम्पको इरानविरुद्धका आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णयलाई समर्थन गर्दछ—तर यो सर्तमा कि इरानले तुरुन्त जलघाँटी खोलोस् र अमेरिका, इजरायल तथा क्षेत्रका अन्य देशमाथिका सबै आक्रमण रोकियोस्।’ नेतन्याहूको कार्यालयले इजरायलले अमेरिकाको प्रयासलाई समर्थन गर्ने पनि जनाएको छ, जसको उद्देश्य इरानले ‘अब आणविक, मिसाइल र आतङ्ककारी खतरा उत्पन्न गर्न नसकोस्’ भन्ने सुनिश्चित गर्नु हो। साथै, आगामी वार्तामा यी लक्ष्य हासिल गर्न अमेरिका प्रतिबद्ध रहेको…
Read More
स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

स्थानीय तहको ‘सीमा हेरफेर’मा किन ढिलाइ ?

हाल मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय सरकार छन् । संविधानको धारा २९५ बमोजिम गठित स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय (२०७३/७४) का आधारमा स्थानीय सरकार निर्धारण गरिएको हो। ति अन्तर्गतका ६,७४३ वडा कार्यालयहरू समेत सक्रिय रूपमा सञ्चालनमा रहेका छन्। यी संरचनाहरूले स्थानीय लोकतन्त्रलाई नागरिकको घरदैलोमै पुर्‍याउने मात्र होइन, राज्यप्रतिको जनविश्वासलाई थप सुदृढ बनाउने कार्य गरेका छन्। संघीय शासन प्रणाली कार्यान्वयनको यस अवधिमा स्थानीय सरकारहरूले सेवा प्रवाह, विकास निर्माण, योजना तर्जुमा तथा वित्तीय व्यवस्थापनमा उल्लेखनीय अनुभव हासिल गरेका छन् । साथसाथै जनसंख्यामा आएको परिवर्तन, आर्थिक क्रियाकलापको विस्तार, भौतिक पूर्वाधारको…
Read More
अंकगणितले मात्र लोकतन्त्र जोगिँदैनः ‘स्लो डाउन’ प्रधानमन्त्री ज्यू !

अंकगणितले मात्र लोकतन्त्र जोगिँदैनः ‘स्लो डाउन’ प्रधानमन्त्री ज्यू !

काठमाडौंः वर्तमान सरकार दुई–तिहाइको अङ्कगणितीय बल र जनउत्तेजना (पपुलिजम)को लहरमा सवार भएपनि यसको कार्यशैलीमा विधिको शासनभन्दा ‘स्वेच्छाचारिता’ हाबी हुने गम्भीर खतरा देखिएको छ। संविधानविद् डा. विपिन अधिकारीले परिणाममुखी कामका नाममा स्थापित कानूनी प्रक्रिया मिच्ने, शक्ति पृथकीकरणको उपहास गर्दै सांसदलाई मन्त्रालयमा परिचालन गर्ने र पर्याप्त प्रमाणबिना केवल ‘पब्लिक प्रेसर’का भरमा अनुसन्धान अघि बढाउने प्रवृत्तिले लोकतन्त्रको जग नै खियाउनसक्ने भन्दै सरकारलाई सचेत गराएका छन्। संविधानविद् अधिकारीले अंकगणितलेमात्र शासकीय वैधता नदिँने बरु नियन्त्रित शक्ति र संवैधानिक मर्यादाको पालना नभए यो सरकार पनि विगतकै गल्ती दोहो¥याउने र निर्वाचित तानाशाहीतर्फ उन्मुख हुने जोखिम रहेको संकेत गरे। लोकतन्त्रमा प्रक्रियागत न्यायसँग सम्झौता गर्नु भनेको ‘हिटलर’ पथमा हिँड्नु सरह…
Read More
महेश बस्नेत विरूद्धको रिट खारेज भए पनि सकिएको छैन कारबाही प्रक्रिया

महेश बस्नेत विरूद्धको रिट खारेज भए पनि सकिएको छैन कारबाही प्रक्रिया

एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउन परमादेश मागेको रिट खारेज भए पनि उनीविरूद्ध अनुसन्धान गर्ने बाटो खुला छ। शोभा पाठकले दिएको उक्त रिट उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार खारेज गरेको हो। 'काठमाडौं जिल्ला अदालतबाट मिति २०८२/१२/१६ मा आदेश भएकाले कारबाही प्रक्रिया अगाडि बढिरहेको भन्ने समेत देखिँदा निवेदकको मागबमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिरहनुपरेन। तसर्थ निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,' उच्च अदालत पाटनले भनेको छ। यसको अर्थ, अब जिल्ला प्रहरी परिसर काठमाडौंले थप प्रमाण फेला पारे कारबाही प्रक्रिया अघि बढ्न…
Read More
सघीय संसद् अधिवेशन आजदेखि

सघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदै छ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन्। त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ। शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ। त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ। सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको…
Read More
बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ

बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ

बेइजिङ । अपर्झट पायो यो वर्ष देशले महिला प्रधानमन्त्री। त्यही अप्रत्यासित  परिणामको बाछिटा उछिट्टिंदै उछिट्टिंदै आइपुग्यो बेइजिङसम्म। अहिले महिला प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका नयाँ प्रधानमन्त्रीलाई जिम्मेवारी सुम्पिएर बिदा भइसकेकी छिन्।  तर जेनजी आन्दोलनको फलस्वरूप अरू केही देश जस्तै  चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली पनि फिर्ता भएपछि दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी छिन् रोशन खनालले। नेपालको कूटनीतिक क्षेत्रमा महिलाको उपस्थिति अझै पनि सीमित छ। तर यही सीमित घेराभित्रबाट आफ्नो क्षमता, मिहिनेत र आत्मविश्वासका बलमा अगाडि बढेकी एक सशक्त व्यक्तित्व हुन् खनाल। चीनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी खनालको यात्रा सामान्य परिवारबाट शुरु भएर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चसम्म पुगेको प्रेरणादायी कथा हो। यसअघि बेलायतमा दुईपटक…
Read More
हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन्। उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन्। देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको बताएका छन्। ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अपिल गरेका छन्। महामन्त्री पौडेलले पार्टीका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताएका छन्। ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनको भनाइ छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १४ औं…
Read More
कांग्रेसमा कलह : १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आज

कांग्रेसमा कलह : १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आज

काठमाडौं  : नेपाली कांग्रेस औपचारिक विभाजन उन्मुख भएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि नेपाली कांग्रेस औपचारिक फुटको संघारमा पुगेको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ। पूर्वसभापति देउवा पक्षले आज १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ। तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेर बोलाएका हुन्। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ। देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा…
Read More
धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

काठमाडौँ : धितोपत्रसम्बन्धी कसुरमा सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अर्यालले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरकफरक देखिएको उल्लेख छ। उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएकाले पक्राउ गरिएको उनले बताए।थाहा खबर बाट साभार
Read More
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो । अन्लाईन खबर बाट साभार
Read More