Skip to main content

धनगढी न्यूज

राजनीति

एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ। प्रदेशका ९ वटा जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन्। प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ। विज्ञापन प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ। सोमवार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको…
Read More
रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।  रातोपाटी बाट साभार
Read More
पार्टीलाई एकताबद्ध राख्न नेतृत्व र प्रतिनिधिलाई योगेश भट्टराईका दुई सुझाव

पार्टीलाई एकताबद्ध राख्न नेतृत्व र प्रतिनिधिलाई योगेश भट्टराईका दुई सुझाव

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट एमालेलाई नयाँ सन्दर्भमा देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउनुपर्ने बताएका छन्। फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भट्टराईले फरक परिस्थिमा पार्टी पुनर्गठन र आगामी दिनमा एमालेलाई देशको नेतृत्व गर्न सक्ने सबल र सक्षाम पार्टीका बनाउनु नै आगामी महाधिवेशनको प्रमुख कार्यभार रहेको बताएका हुन्। अहिले देशभरिका विभिन्न जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि छनोट भइरहेका छन्। महाधिवेशन मंसिर २७,२८ र २९ गते हुने तय छ। सचिव भट्टराईले महाधिवेशनसँगै पार्टीलाई एक ढिक्का राख्नु मुख्य चुनौती रहेको बताए। महाधिवेशनपछि पार्टीलाई अझै एकताबद्ध राख्नुपर्ने उनको भनाई छ। पार्टीलाई एकताबद्ध राख्नका लागि भट्टराईले महाधिवेशन प्रतिनिधि र पार्टी नेतृत्वलाई दुईवटा सुझाव दिए। पहिलो,…
Read More
एमाले महाधिवेशन : सिन्धुपाल्चोकमा संस्थापन इतरको वर्चश्व

एमाले महाधिवेशन : सिन्धुपाल्चोकमा संस्थापन इतरको वर्चश्व

१४ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रतिनिधि छनोटमा संस्थापन इतरको वर्चश्व देखिएको छ । सहमति जुट्न नसकेपछि मतदानबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर उम्मेदवार धेरै जितेका छन् । सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा प्यानल बनाएरै मतदान भएको थियो । संस्थापन पक्षको नेतृत्व जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले गरेका थिए भने संस्थापन इतरको नेतृत्व पूर्वअध्यक्ष कमल नेपालले गरेका थिए । परिणामअनुसार इतर पक्षबाट १० जना र संस्थापनका ७ जना निर्वाचित भएका छन् । आइतबार बिहान गणना सकिँदा सिन्धुपाल्चोक–१, बाट पुर्वअध्यक्ष नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठसहित नेताहरू प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल खुलातर्फबाट निर्वाचित भए । होमनारायण…
Read More
एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ ।  एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार  सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट…
Read More
कर्मचारीकै हातमा परराष्ट्रको बागडोर, कूटनीतिक क्षेत्रमा कस्तो छ प्रभाव ?

कर्मचारीकै हातमा परराष्ट्रको बागडोर, कूटनीतिक क्षेत्रमा कस्तो छ प्रभाव ?

काठमाडौँ । अढाई महिनादेखि परराष्ट्रमन्त्रीको कुर्सी खाली छ । विभिन्न मुलुकबाट फिर्ता बोलाइएका राजदूतहरू परराष्ट्रमन्त्रीको कार्यकक्षमा दिन कटाएर फर्कने गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै अधिनमा राखिएको छ । प्रधानमन्त्री कार्कीले आफूसँग परराष्ट्र मन्त्रालयसहित रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राखेकी छन् । मन्त्रिपरिषद् विस्तार भएको अवस्थामा समेत प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय भने आफूसँगै राख्ने योजना बनाएको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका एक जना सदस्यले भने, ‘परराष्ट्र र रक्षा…
Read More
महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं

महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं

पार्टीका कतिपय नीतिका बारेमा सार्वजनिक बहस गर्दा हाम्रै पार्टीका नेताहरूले पार्टीको विषय सार्वजनिक ठाउँमा किन बहस गरेको भनेर मलाई टिप्पणी गर्नु भएको छ। वास्तवमा पार्टीका आन्तरिक विषयहरू सार्वजनिक महत्त्वका विषय हुन् कि होइनन् भन्ने प्रश्न मूल हो। त्यसमा पनि नेकपा एमाले, नेपाली कांग्रेसजस्ता जनताको मन जितेर राज्य सत्ता, जनप्रतिनिधिमूलक निकाय पटक-पटक प्रतिनिधित्व गरेका पार्टीहरूले आफ्ना नीति र विचारहरू आम जनता र नागरिकको बीचमा छलफल गर्न आवश्यक छ कि छैन भन्ने गम्भीर विषय हो। राजनीतिक दलहरू भनेका सामाजिक संस्था हुन्। यसका नीतिहरू आम नागरिकको बीचमा छलफल हुन्छ कि हुँदैन? मानौं नेपालका विभिन्न सार्वजनिक संस्थानहरू छन्। ती संस्थानमा कस्तो नीति लिने भन्ने…
Read More
कांग्रेसमा चुलियो आन्तरिक संकट

कांग्रेसमा चुलियो आन्तरिक संकट

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने निर्णयहरू सार्वजनिक गरिएको थियो । केन्द्रीय समितिको बैठक बस्नु अघिल्लो रात बुधबारसम्म सहमति जुट्न नसकेसँगै केन्द्रीय समितिको बैठक एकदिन पर सारिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार छलफल गरेका थिए । नेताहरू सहमतिमा पुग्न नसकेपछि मंसिर ११ को बैठक एकदिन पर सारिएको…
Read More
लुम्बिनी प्रदेश सभा: तीन वर्षमा यी हुन् धेरै बोल्ने सांसद

लुम्बिनी प्रदेश सभा: तीन वर्षमा यी हुन् धेरै बोल्ने सांसद

बुटवल । लुम्बिनी प्रदेशसभामा निर्वाचित भएको तीन वर्षको अवधिमा शून्य, विशेष र सैद्धान्तिक विषयमा बोल्ने सांसदहरूको सूची हेर्दा गुल्मीकी सांसद तारा थापा सबैभन्दा अगाडि छिन् । २०७९ मङ्सिर १८ गतेदेखि २०८२ असार १८ गतेसम्म लुम्बिनी प्रदेशसभामा थापाले सर्वाधिक बोलेको पाइएको छ । लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौमा अन्त्य भए पनि बजेट पारित भएपछि बैठक नबसेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् । भदौ अन्त्यमा घोषणा गरिएको प्रदेशको सातौँ अधिवेशन हिजोबाट मात्र सुरु भएको छ । यस अर्थमा, निर्वाचन भएको तीन वर्षको अवधिमा भएका छ वटा संसद् अधिवेशन भए । जहाँ  रातोपाटीलाई प्राप्त सूचीअनुसार सदनमा सबैभन्दा बढी बोल्ने १० सांसदहरूको सूची…
Read More
कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब!

कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब!

धनगढी: नेकपा (एमाले) कैलालीको आन्तरिक विवाद सतहमा आएको छ। ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको तयारी भइरहँदा आन्तरिक कलह बाहिरिएको हो। एमाले जिल्ला कमिटी कैलालीको सदस्यता नवीकरणको विवरणमा १३ नेताको सदस्यता नै गायब भएपछि विवाद झनै चर्किएको नेताहरु कुमार बडैला, दीपक रावल, प्रकाश खड्का, नवराज कुँवर, सावित्रादेवी सापकोटा, बसन्ती गिरी, गजेन्द्र स्वार, पवित्रादेवी गौतम, उदयराम जैशी, सुरतबहादुर बिष्ट, छत्रबहादुर खत्री, प्रेम कँडेल र जयनारायण जोशीको सदस्यता विवरणमा छैन। विज्ञापन सदस्यता विवरणमा छुटेका रावलले तल्ला कमिटीबाट सदस्यता नवीकरण गरेको रसिद प्रमाण हुँदाहुँदै पनि जिल्लाबाट प्रदेशमा नामावली पठाउँदा छुटाइएको बताए। उनले आइतबार बसेको जिल्ला कमिटी बैठकले यो गल्ती सच्याउन केन्द्रीय कमिटीलाई पत्राचार गर्ने…
Read More