23
Nov
जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरूले पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय लिएका छन् । आफ्नो वैचारिक धार र देशको वर्तमान राजनीतिक आवश्यकताका कारण आफू नेकपामा समाहित हुन लागेको बताउँदै उनले यसलाई वैचारिक ध्रुवीकरणको प्राकृतिक कदम भएको दाबी गरेका छन् । अशोक राईसँगको ४० वर्षे सहकार्य टुङ्ग्याउँदै आफ्नो बाटो लागेका नेता राजेन्द्र श्रेष्ठसँग अनलाइनखबरका दुर्गा खनालसँग गरेको कुराकानीको सम्पादित अंश : तपाईंले जसपा छोड्ने निर्णय किन गर्नुभयो ? अहिले देशको राजनीति सुव्यवस्थित अवस्थामा छैन। सिङ्गो नेपाली समाज नै सुव्यवस्थित अवस्थाबाट जुटिरहेको अवस्था छैन । खासगरी, यो जेनजी आन्दोलन पश्चात् देशको परिस्थिति विश्लेषण गर्दा, सङ्घीयता, गणतन्त्र,…






