Skip to main content

धनगढी न्यूज

राजनीति

कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

५ भदौ, काठमाडौं । अन्तत: बिहीबार एकैदिन संसदीय समितिबाट दुईवटा बहुप्रतिक्षित विधेयक पारित भएका छन् । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक आज एकैदिन समितिबाट पारित भएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयकहरू बिहीबार पारित भएका छन् ।अब यदी दुई विधेयक संघीय संसद्‌मा पेश हुनेछन् । विधेयक पारित हुँदैगर्दा यसअघिभन्दा यो पटक एउटा दृश्य नयाँ देखियो । केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।यी विधेयकमा पनि त्यस्तै समस्या दोहोरिएला भन्ने भय दुवै समितिका…
Read More
उपसभामुखलाई हटाउन कांग्रेस-एमालेसँग दुई तिहाइ पुग्छ ?

उपसभामुखलाई हटाउन कांग्रेस-एमालेसँग दुई तिहाइ पुग्छ ?

काठमाडौँ । प्रतिनिसभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा फेरि चर्चा पाएपछि राजनीति तरङ्गित भएको छ । सरकारका मुख्य घटक नेपाली कांग्रेस र नेकपा(एमाले)ले रानालाई हटाउने विषयमा तयारी सुरु गरेका हुन् । तर संविधान बमोजिम सभामुख वा उपसभामुख हटाउनका लागि संसद्को दुई तिहाइ बहुमत अर्थात् १८४ मत आवश्यक पर्छ । संविधानको धारा ९१ उपधार ६(ग)मा सभामुख वा उपसभामुखले पदीय अनुकूल आचरण नगरेको प्रस्ताव प्रतिनिधिसभाका तत्काल कायम रहेका दुई तिहाइ सदस्यले पारित भएमा पदमुक्त हुने व्यवस्था छ । अहिले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी(नाउपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालले समर्थन फिर्ता लिइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८,…
Read More
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे, नभेट्न एमालेको उर्दी

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे, नभेट्न एमालेको उर्दी

३ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् । मुख्यमन्त्री कार्कीले पूर्वराष्टपति भण्डारीलाई भेटेको विषय गोप्य राख्न खोजिएको छ । यद्यपि, कार्कीको सचिवालयले भेटघाट अनौपचारिक भएको बताएको छ । भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए…
Read More
रकम तिर्छु भनेर रोई कराई गरेका धनराजले कसरी पाए उन्मुक्ति ?

रकम तिर्छु भनेर रोई कराई गरेका धनराजले कसरी पाए उन्मुक्ति ?

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणबाट उन्मुक्ति पाएका छन् । धनराजलाई उन्मुक्ति दिँदै ८ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जबकि, यो सहकारीको रकम अपचलनमा धनराज जोडिएको भन्दै उजुरी परेको थियो । यस विषयमा प्रहरीले करिब दुई महिना लगाएर अनुसन्धान गरेको थियो । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनबाटै धनराजले उन्मुक्ति पाएका थिए । यो सहकारीको रकम ठगी हुँदा धनराजकै श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । रकम ठगी भएको थाहा पाएपछि धनराज आफैं उपस्थित भएर श्रीमतीले लगेको रकम तिर्ने…
Read More
एमालेले पार्टीमा फर्किन रोक लगायो, पूर्वराष्ट्रपति भण्डारी भने निरन्तर राजनीतिक गतिविधिमा

एमालेले पार्टीमा फर्किन रोक लगायो, पूर्वराष्ट्रपति भण्डारी भने निरन्तर राजनीतिक गतिविधिमा

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरे पनि उनले राजनीतिक गतिविधिलाई निरन्तरता दिएकी छन्। एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर एमालेको केन्द्रीय कमिटीको निर्णयको विरोध गरेकी भण्डारी त्यसयता मौनजस्तै थिइन्। तर सोमबारदेखि भण्डारी फेरि राजनीतिक गतिविधिलाई अघि बढाउन थालेकी छन्। सामाजिक गतिविधिमार्फत् भण्डारीले राजनीतिक भेटघाट र संवादलाई पुन: निरन्तरता दिन खोजेको उनीनिकट नेताहरूको भनाइ छ। यही क्रममा सोमबार भण्डारी कोशी प्रदेशको राजधानी विराटनगर जाँदैछिन्। त्यहाँ उनी उद्घोष दैनिकको वार्षिकोत्सवका लागि जाने कार्यक्रम रहे पनि राजनीतिक भेटघाटसमेत गर्नेछिन्। उनको भेटघाटको चाँजोपाँजो एमालेका नेता विनोद ढकालले गर्नेछन्। ढकाल एमालेमा संस्थापनइतर नेताका रूपमा पूर्वमा चिनिन्छन्। एमाले कोशी…
Read More
प्रधानमन्त्री नै ‘कन्फ्युजन’मा : असन्तुष्टिकै बिच मन्त्रीसँग कार्यसम्पादन सम्झौता !

प्रधानमन्त्री नै ‘कन्फ्युजन’मा : असन्तुष्टिकै बिच मन्त्रीसँग कार्यसम्पादन सम्झौता !

काठमाडौँ । संघ सरकारमा रहेका केही विवादित तथा कार्यसम्पादन क्षमता कमजोर भएका मन्त्री तत्कालका लागि सुरक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता मन्त्रीलाई कुनै पनि बेला हटाउन सक्ने चर्चा चलिरहेकै समयमा एकाएक उनीहरू सुरक्षित हुन पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सबै सदस्यलाई निरन्तरता दिने उद्देश्यअनुरुप चालु आर्थिक वर्ष सरकारले गर्ने मुख्य काम र उपलब्धिका लागि एक वर्षे कार्यसम्पादन सम्झौता गरेका हुन् ।प्रधानमन्त्रीले मन्त्रीहरूसँग गर्ने कार्यसम्पादन सम्झौताको बर्सेनि प्रचार गरे पनि अघिल्लो वर्षमा प्रधानमन्त्री र मन्त्रीहरूले गरेको कार्यसम्पादन सम्झौता कति पूरा भए र कति भएनन् ? कुन मन्त्री काममा अब्बल देखिए, कुन कमजोर देखिए भन्ने प्रगतिविवरण…
Read More
सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतलाई एमालेले दिएन मान्यता

सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतलाई एमालेले दिएन मान्यता

'पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनितिमा आउन नदिने निर्णयमा कर्ण थापाको मात्रै फरक मत छ' पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक्नेबारे उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा राखेको फरक मतलाई नेकपा (एमाले) ले अस्वीकार गरिदिएको छ। साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पाण्डे र ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णयप्रति ‘नोट अफ् डिसेन्ट’ लेखेका थिए। बैठकको अन्तिममा निर्णय सुनाउँदै प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन नमिल्ने भन्दै रोक लगाउने र योसँगै उनको सदस्यता निष्क्रिय हुने बताएका थिए। लगत्तै बोल्न माग गर्दै उपाध्यक्ष पाण्डेले यस्तो निर्णय गरिनु ‘ब्लन्डर’ हुने बताएका…
Read More
गृहमन्त्रीलाई रास्वपाको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?

गृहमन्त्रीलाई रास्वपाको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे ।   २८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे । ‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’ सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी…
Read More
पहिलो संसद् विघटनविरुद्धको फैसला तयार नभएको भन्दै सर्वोच्चमा रिट पेस

पहिलो संसद् विघटनविरुद्धको फैसला तयार नभएको भन्दै सर्वोच्चमा रिट पेस

काठमाडौँ । पहिलो संसद् विघटनविरुद्ध परेका १३ थान रिटको फैसला ५ वर्ष बित्दा पनि तयार नगरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।   तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद् विघटनविरुद्ध परेको मुद्दाको फैसलामा हस्ताक्षर नगरेको भन्दै अधिवक्ता न्यौपानेले उनलाई हस्ताक्षर गराउन पनि परमादेश माग गरेका छन् । तर, न्यौपानेले दायर गरेको रिट के गर्ने भन्ने विषयमा सर्वोच्च प्रशासनले निर्णय भई नसकेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए । फैसलामा एकमत नभए आफ्नो राय र एकमत भए सामूहिक रायसहितको फैसला फैसला लेखी प्रमाणीकरण गर्नुपर्नेमा अन्य निहित स्वार्थ स्वार्थ राखी फैसला तयार नगरेको र सहिछाप प्रमाणीकरणसमेत नगरी…
Read More
नाराबाजी र होहल्लापछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

नाराबाजी र होहल्लापछि राप्रपा युवा संगठन काठमाडौंको अधिवेशन स्थगित

अध्यक्ष लिङ्देन र महामन्त्री धवल शम्शेर पक्षबीच हात हालाहाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा अधिवेशन कार्यक्रम उद्घाटन नहुँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच विवाद भएर हात हालाहाल भएको थियो। उक्त कार्यक्रममा अध्यक्ष लिङ्देन पनि पुगेका थिए। लिङ्देनकै अघि महामन्त्री राणा पक्षका युवाहरूले नाराबाजी गरेका थिए। त्यसपछि अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै स्थगित गरेका हुन्। हुलदंगा पार्टीलाई मान्य नहुने पनि उनले बताएअधिवेशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। अधिवेशन स्थगित गरेर अध्यक्ष लिङ्देन हिँडे पनि महामन्त्री धवल शम्शेर राणनिकट…
Read More