Skip to main content

धनगढी न्यूज

राजनीति

संसद् विघटन मुख्य मागमध्येको एक : जेन-जी

संसद् विघटन मुख्य मागमध्येको एक : जेन-जी

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजिनक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय हामी नेपाल समूहले पत्रकार सम्मेलन नै गरेर आफ्ना कूराहरू सार्वजनिक गरेको छ । समूहका अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार भएको र त्यसमा धेरैको सहमति जुटिसकेको बताए । उनले पत्रकार सम्मेलनमा संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताउँदै त्यसपछि मात्रै अरु कामहरू अघि बढने बताए । उनले आफूहरूअनुकूल हुने मन्त्रिमण्डल निर्माण गरेर जेन-जी पुस्ताले त्यसको निगरानी गर्ने पनि बताए । मन्त्रिमण्डल निर्माण र यसका अन्य प्रक्रियाका विषयमा भने आफूहरू छलफलमा जुटिरहेको उनले बताए । यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि हामी…
Read More
प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
Read More
प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन थालेका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।   सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला…
Read More
दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोगमा आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा उक्त सङ्ख्याको दरबन्दी स्वीकृत गरेको हो ।  जनशक्ति अभावमा आयोगले तीव्र गतिमा काम गर्न नसकेको आयोग पदाधिकारीहरूले गुनासो गर्दै आएका थिए ।रातो पाटी बाट साभार
Read More
विपक्षीको आशंकाबीच अघि बढ्यो भूमि विधेयक

विपक्षीको आशंकाबीच अघि बढ्यो भूमि विधेयक

१३ भदौ, काठमाडौं । विपक्षी दलहरूको आशंकाका बीच प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पास गरेर अगाडि बढाएको हो । पारित हुनु अगाडि सभामा भएको छलफलमा विपक्षी दलहरूले विधेयकमा शंका गर्ने ठाउँहरू रहेको बताएका थिए । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाका अनुसार विधेयकको पहिलो दफामै शंका छ । जहाँ सरकारले सूचित आदेशले जग्गाको हदबन्दी तोक्ने र हेरफेर गर्न सक्ने प्रावधान…
Read More
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् । ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने । उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’ उनले भने । उनले पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय भएको उल्लेख पनि गरे । स्वार्थ समूह…
Read More
प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए । आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’ उनले थप अगाडि बढेर भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । त्यस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन ।’ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई पार्टी राजनीतिमा फर्काएपछि प्रचण्डले यही विभागको…
Read More
लगातार दोस्रो पटक उत्कृष्ट बन्यो तिलोत्तमा

लगातार दोस्रो पटक उत्कृष्ट बन्यो तिलोत्तमा

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम। कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन्। यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्। उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी…
Read More
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

सरकारमा सहभागी नाउपाले फिर्ता लिएको थियो समर्थन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएपछि सरकार अल्पमतमा परेको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्न किन नपर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार दुवै पक्षले भदौ ११ गते छलफल गर्नेछन्। त्यस्तै विपक्षीहरू ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयको नाममा कारण देखाऊ आदेश जारी भएको छ। अर्थात यस विषयमा के-कसो भएको हो कारण देखाउन आदेश जारी गरेको छ।‘यस मुद्दामा के कसो भएको हो भनेर…
Read More
मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री पाल लाई जोडेर अफवाह फैलाउने लाई कार्वाहीको माग गरेको छ धनगढी।नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदमाथि भएको सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। बैठकले बैतडी जिल्ला क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर पाल माथि लगाइएका आरोपहरू निराधार, असत्य र षड्यन्त्रपूर्ण भएको ठहर गर्दै यस्ता गतिविधिले जनप्रतिनिधिको मर्यादा धुमिल गर्न खोजिएको निष्कर्ष निकालेको छ। निर्णय नं. ४ मा उल्लेख भएअनुसार, बैठकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित…
Read More