Skip to main content

धनगढी न्यूज

राजनीति

कार्यवाहक सभापतिज्यू– देउवा वा ‘६ भाइ’ होइन, समयको चाल सुन्नुहोस्

कार्यवाहक सभापतिज्यू– देउवा वा ‘६ भाइ’ होइन, समयको चाल सुन्नुहोस्

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यू, चुरो कुराबाट सुरू गरौं — मंसिर वा पुसमा कांग्रेसको नियमित महाधिवेशन गर्न सम्भव छ भन्ने तपाईंलाई थाहा छ। यो कुरा तपाईंलाई मात्र थाहा छैन, देशभरिका कांग्रेस नेता तथा कार्यकर्तालाई थाहा छ। अनि थोरै मात्र पनि राजनीतिक 'सेन्स' भएका र राजनीति गर्ने वा नगर्ने हामी सबै नेपालीलाई थाहा छ। त्यसो भए, कांग्रेसको केन्द्रीय समितिमा यति धेरै दिनदेखि चुनावअघि महाधिवेशन गर्न सकिँदैन भन्ने माथापच्ची र प्रहसन किन चलिरहेको छ? त्यसको अध्यक्षता तपाईंले किन गरिरहनुभएको छ? कांग्रेसमा इमान र दृढतासाथ लामो समयदेखि उभिएका थोरै नेतामा तपाईं पनि पर्नुहुन्छ। त्यो राजनीतिक पुँजी किन अहिले ध्वस्त पार्न चाहनुहुन्छ? दलभित्र र…
Read More
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नाम किटेरै आएको छ । देउवा दम्पतीको नाम वाचलिस्टमा छ । अरुको हकमा फाइल हेरेर कदम चाल्नेबारे छलफल भएको छ । ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो । ‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी…
Read More
धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढी : विभागले यातायात कार्यालय, धगनढीका लागि १८ हजार एक सय बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू पठाएको थियो। यातायात विभागको समूह भदौ २५ गते धनगढी आउने र इम्बोस नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट इम्बोस नम्बर प्लेटहरू वितरणको तयारी गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा १८ हजार एक सय वटा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू ध्वस्त भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख भूवन जोशीले १८ हजार एक सय बढीको सङ्ख्यामा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू जलेका बताए। उनले भने, ‘हामीसँग १८…
Read More
बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

  २ असोज, काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति कस्तो होला भन्नेमा अन्यौलग्रस्त देखिन्छन् । ‘६ महिनामा चुनाव गराउने भन्ने छ, तर धेरै जेनजीसँग मतदाता परिचय पत्र नै छैन’, होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, ‘त्यसले हामी चुनावमा पछि पर्लाउँ कि वा कतै पुरानै पार्टी पो फर्किएलान् कि भन्ने चिन्ता छ ।’ मतदाता परिचय पत्र बनाउने काम त व्यवस्थापन होला, तर जेनजी प्रतिनिधि कुन दलबाट सदनसम्म पुग्लान् र आफूले चाहे जस्तो सरकार चलाएर देखाउलान् भन्ने…
Read More
कांग्रेसमा ‘नयाँ कांग्रेस’को बहस

कांग्रेसमा ‘नयाँ कांग्रेस’को बहस

१ असोज, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूमा दल पुनर्गठनको माग उठ्न थालेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मूल नेतृत्वमा परिवर्तन हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।पुराना राजनीतिक दलहरुमा कांग्रेसमा पुर्नगठनको विषय प्रारम्भ महामन्त्री गगन थापाले उठाएका थिए । पार्टी सुधार गरेर अघि बढ्नका लागि कांग्रेसभित्र मूलतः चार विकल्पमा बहस सुरु भएको छ । पहिलो : पार्टी सभापति शेरबहादुर देउवामाथि परेको संकटको बेला नेतृत्वलाई बचाएर जाने । दोस्रो : सभापति देउवाले कार्यवाहक सभापतिका रुपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी प्रदान गर्ने । तेस्रो : सबै पदाधिकारी एवं केन्द्रीय सदस्यले राजीनामा दिएर एक जनालाई संयोजक…
Read More
रामेश्वर खनालको आर्थिक निर्णयले ल्याउने राजनीतिक असर

रामेश्वर खनालको आर्थिक निर्णयले ल्याउने राजनीतिक असर

अर्थमन्त्री रामेश्वर खनालले चालू आर्थिक वर्षको बजेटबाट 'टुक्रे' र 'प्राथमिकतामा नपरेका' आयोजना स्थगन गर्ने निर्णय गरेका छन्। यो निर्णयसँग आर्थिक मात्र होइन, राजनीतिक अर्थ पनि जोडिएको छ। जेन–जी आन्दोलनपछि चुनाव गराउने जिम्मेवारी लिएर आएको अन्तरिम सरकारले यस्ता आयोजना स्थगन गरेर करिब एक खर्ब रूपैयाँ बचत गर्ने योजना बनाएको हो। बचत भएको रकम फागुन २१ गतेलाई घोषित निर्वाचन र आन्दोलनमा क्षति पुगेका सरकारी संरचना पुनर्निर्माणमा खर्च गरिने सरकारको योजना छ। तर सरकारले कुन–कुन आयोजना कटौती गर्न लागेको हो र यसको राजनीतिक प्रभाव कस्तो पर्न सक्छ भन्ने विषयमा अर्थ मन्त्रालयका अधिकारी र अर्थमन्त्री आफैले पनि स्पष्ट रूपमा बोलेका छैनन्। अर्थमन्त्रीले यस्ता टुक्रे आयोजना…
Read More
सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सेनाले सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो। अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि ओली र देउवा दम्पतीबाहेक अरू सबै नेता शिवपुरीबाट फर्किएका छन्। संघीय राजधानी काठमाडौं लगायत देशभरको सुरक्षा खल्बलिएका बेला मन्त्रिपरिषद र राजनीतिक दलका शीर्ष पदाधिकारीलाई सुरक्षा निम्ति राखिएको शिवपुरीमा सेनाको के-कस्तो संरचना छ भन्नेबारे धेरैलाई जिज्ञासा छ। यसका लागि हामीले सेनाका केही अधिकारीसँग कुरा गरेका छौं। उनीहरूका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जमा सेनाका प्रमुख दुई संरचना छन्। राजधानीबाट नजिक भए पनि आन्दोलनकारीको पहुँच नपुग्ने भएकाले सेनाले हेलिकप्टरमा उद्धार…
Read More
फेरि खास्टो खोलेर म्याउँ नगर !

फेरि खास्टो खोलेर म्याउँ नगर !

भदौ २२ गते आइतवार दिउँसोसम्म अनलाइनखबरको नियमित स्तम्भ लेख्न कुनै विषयमा आवश्यक सामग्री जुटाउँदै थिएँ। तर, जोसँग केही प्रश्न राखेकी थिएँ, जवाफ पाएकी थिइनँ। आफ्नै व्यस्तताले त्यो दिन लेख्न सकिएन। त्यतिबेला सरकारले सामाजिक सञ्जाल पनि बन्द गरिदिएको रन्कोले धेरैलाई तताइराखेको थियो। स्मरणीय छ, मन्त्रिपरिषद्को ९ भदौको निर्णयले ‘एक साताभित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने’ भनेको थियो। त्यसपछि, यहाँ चलाइने २६ सामाजिक सञ्जालहरू क्रमशः निष्क्रिय पार्दै लगिएका थिए। सरकारलाई उक्त कदम चाल्न कुनै पनि कानूनी व्यवस्था नरहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता माथि असर पुग्ने सरोकारवालाहरूको धारणा रहेको थियो। कोभिडको बेलामा…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेनजीको मागअनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ । यी दुवै धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो । मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो…
Read More
शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेल  प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले साँझ ९ बजे   शपथ गराउने तयारी छ । त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेन(जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले…
Read More