Skip to main content

धनगढी न्यूज

राजनीति

ओलीले आफ्नो नेतृत्व खोसिएला भनेर विद्यालाई पार्टी प्रवेश गर्न दिएनन् : माधव नेपाल

ओलीले आफ्नो नेतृत्व खोसिएला भनेर विद्यालाई पार्टी प्रवेश गर्न दिएनन् : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्न नहुने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे। उनले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताए। उनले कम्युनिष्ट पार्टीका नेताहरूको सक्रियता अहिले जरुरी भएको बताए। उनले आज कम्युनिष्टहरू धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरू एक आपसमा छलफल गरेर एउटै हुन जरूरी रहेको बताए । अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुने गरी अघि बढ्न जरुरी रहेको…
Read More
प्रचण्डको अपिल– धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ

प्रचण्डको अपिल– धेरै व्याख्या नगरौँ, पार्टी एकता र संयुक्त मोर्चा बनाऔँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तथा बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा उनले अपिल गरेका हुन् । कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे । ‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले…
Read More
रवीन्द्र मिश्र मौन बस्नुको रहस्य: राप्रपाले उनीसहित ४० जनाको नाम नै निर्वाचन आयोगमा गरिदिएन अद्यावधिक

रवीन्द्र मिश्र मौन बस्नुको रहस्य: राप्रपाले उनीसहित ४० जनाको नाम नै निर्वाचन आयोगमा गरिदिएन अद्यावधिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरलाई पार्टीमा समाहित गरी जिम्मेवारी दिए पनि त्यसको विवरण भने तीन वर्षसम्म निर्वाचन आयोगमा अद्यावधिक नगरेको पाइएको छ। २०७८ मंसिरमा महाधिवेशनबाट आएको १९९ सदस्यीय राप्रपा कार्यसमितिको विवरण मात्रै निर्वाचन आयोगमा अद्यावधिक छ जबकि राप्रपामा तीन सयको हाराहारीमा केन्द्रीय सदस्य छन्। विवेकशील साझा पार्टी परित्याग गरेर मिश्रको नेतृत्वमा बृहत्तर ध्रुवीकरण पक्षधरहरू राप्रपामा समाहित भएका थिए।   २०७९ असोज १२ गते राप्रपा र बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको थियो। त्यसबेला अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष मिश्रबीच ४ बुँदे सहमति भएको थियो। पहिलो, विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र…
Read More
नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।रातो पाटी बाट साभार
Read More
‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताएका छन्। बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उनले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताए। महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताए। “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन”, उनले…
Read More
विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो । नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर…
Read More
वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

४ साउन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका छन् । उनले आयोगका कामकारबाहीमा प्रश्न उठाउँदै राजीनामा दिएका हुन् ।उनले अनलाइनखबरसँग भने, ‘हो मैले राजीनामा दिएको हुँ, आयोगको सुधारका लागि मैले निकैपटक आयोगमा आवाज उठाएँ, सक्दो प्रयास गरेँ । केही सिप नलागेपछि राजीनामा दिएको हुँ ।’ उनले १ साउन, २०८२ मै राष्ट्रपति कार्यालयमा राजीनामापत्र बुझाएको बताएका छन् । संवैधानिक पदाधिकारीहरुले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था छ । तर राष्ट्रपति कार्यालयले आइतबार बिहान १० बजे यो समाचार लेखिरहँदासम्म राजीनामाको सूचना निकालेको छैन । मिश्रले…
Read More
विद्याकेन्द्रित ओलीको बोली : गणतन्त्रको गौरव राजनीतिमा प्रवेश गर्नु गम्भीर

विद्याकेन्द्रित ओलीको बोली : गणतन्त्रको गौरव राजनीतिमा प्रवेश गर्नु गम्भीर

कठमाडौँ : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्री कमिटीबाट निर्णय गर्ने भएको छ। शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीका बारेमा उचित समयमा निर्णय गर्ने बताए। पार्टीको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई पार्टीमा सक्रियरुपमा फर्काउने वा नफर्काउने भन्नेबारेमा एमालेभित्रै मत विभाजित छ। एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन्। राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले उठाएका पार्टीका प्रचार विभाग प्रमुख…
Read More
भ्रष्टाचारमा छानबिन र कारबाही हुनुपर्ने माग गर्दै अख्तियारमा पुग्यो राप्रपा (तस्वीरहरू)

भ्रष्टाचारमा छानबिन र कारबाही हुनुपर्ने माग गर्दै अख्तियारमा पुग्यो राप्रपा (तस्वीरहरू)

काठमाडौँ : भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।     अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनको हस्ताक्षर छ।   “नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदनअनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्‌दै गएको अवस्थाले यसको पुष्टि हुन्छ”‚ राप्रपाले उल्लेख गरेको छ। थाहा खबर बाट साभार
Read More
एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए । गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।रातो पाटी बाट साभार
Read More