18
Aug
बैतडीः हरेक वर्षातमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन। हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए। 'वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ', उनले भने, 'पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौँ आर्थिक अवस्था कमजोर छ। जोखिम मोलेर बसिरहेका छौँ।' विज्ञापन यहाँका धेरैले बसाइसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए। आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन्। स्थानीय भोजराज जोशीले भने, 'विसं २०१८…






