Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

धनगढी । बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए । जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता…
Read More
जीप दुर्घटनामा एकजनाको मृत्यु, आठ घाइते

जीप दुर्घटनामा एकजनाको मृत्यु, आठ घाइते

काठमाडौं : डोटीको बुडर नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।   लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु हो। सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो। ज्यान गुमाउने व्यक्तिको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए। घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाएको उनले बताए। घाइते आठजनामध्ये चारजनालाई बढी चोट लागेको छ। चारजनाको अवस्था सामान्य छ।
Read More