Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

बैतडीको डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

बैतडीको डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

बैतडीः हरेक वर्षातमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन। हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए। 'वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ', उनले भने, 'पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौँ आर्थिक अवस्था कमजोर छ। जोखिम मोलेर बसिरहेका छौँ।' विज्ञापन यहाँका धेरैले बसाइसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए। आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन्। स्थानीय भोजराज जोशीले भने, 'विसं २०१८…
Read More
बैतडीमा तीन बर्षको अवधिमा ५२ जना बेपत्ता

बैतडीमा तीन बर्षको अवधिमा ५२ जना बेपत्ता

बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ। बैतडी।बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा बेपत्ता भएकामध्ये ५२ जना अझै फेला परेका छैनन् । आर्थिक बर्ष २०७९\८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए।ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । यस्तै आर्थिक बर्ष २०८०\८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेका थिए । गत आर्थिक बर्ष २०८१\८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेका छन्।बेपत्ता…
Read More
बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ। तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए। विज्ञापन बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए। बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र…
Read More
जसले ज्युँदै श्रीमतीको मृत्युदर्ता गरेर आफ्नो नाममा ल्याए जग्गा

जसले ज्युँदै श्रीमतीको मृत्युदर्ता गरेर आफ्नो नाममा ल्याए जग्गा

‘जिउँदै छु भनेर प्रमाणित गर्ने अवस्था आइपर्‍यो’ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा श्रीमानले जिउँदै श्रीमतीको मृत्युदर्ता गरेका छन्। स्थानीय दयाराम गिरीले जीवितै श्रीमती गोमतीदेवी गिरीको मृत्यु दर्ता गरेका हुन्। दयारामले २०७६ फागुन ५ गते श्रीमतीको मृत्यु भएको भन्दै सोही महिनाको २० गते वडा कार्यालयबाट मृत्यु दर्ताको प्रमाण पत्र लिएका थिए। त्यसमा स्थानीय पञ्जिकाधिकारी (सचिव) गुरूदेव विकले प्रमाणीकरण गरेका थिए। 'मृत्यु दर्ता गरेर मेरो नाममा भएको जग्गा पनि उहाँकै नाममा नामसारी गर्नुभएको रहेछ,' गोमतीदेवीले सेतोपाटीसँग भनिन्, 'कानुनी रूपमा त म मरिसकेकी छु। आफू जिउँदो छु भनेर प्रमाणित गर्नुपर्ने अवस्था आइपरेको छ।' श्रीमानले मृत्यु दर्ता गरेको कुरा ६ वर्षपछि थाहा पाएको…
Read More
बाजुराको विच्ट्यामा ११ घर बाढीले बगे, सात घरमा क्षति

बाजुराको विच्ट्यामा ११ घर बाढीले बगे, सात घरमा क्षति

बाजुरा : बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ। विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए। उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो। बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ। विज्ञापन सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर…
Read More
प्रहरीले गोली चलाउन आदेश माग्यो, सीडीओले दिएनन्

प्रहरीले गोली चलाउन आदेश माग्यो, सीडीओले दिएनन्

२९ साउन, धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर सीडीओले नदिएको खुलेको छ । शुक्रबार राति १२:५५ मा ब्लक ‘ए’ का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए । तत्कालै कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनर सिंह राणालाई रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा एसपी राणाले कैदीबन्दीबीचको विवादले हिंसात्मक रूप लिन लागेको र गोली चलाउनुपर्ने अवस्था आएको बताएका थिए ।अन्लाईन खबर…
Read More
कञ्चनपुरको शुक्लाफाँटामा हात्ती आतङ्क

कञ्चनपुरको शुक्लाफाँटामा हात्ती आतङ्क

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन्। रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन्। स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छ। “पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्”, स्थानीय केशवदत्त जोशीले भने, “यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ।” विज्ञापन जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाए। “ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो”, उनले भने, “जम्का भेट भएको भए ज्यानै लिने थियो…
Read More
आह “बडिमालिका”

आह “बडिमालिका”

मनोरम बडिमालिकाका दृश्यहरु ।  धनगढी ।  बडिमालिका नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित एक अत्यन्त मनोरम तथा धार्मिक स्थल हो । यहाँको दृश्यावली अत्यन्त मोहक छ — चारैतिर हरियाली डाँडा, हिमशृंखलाको मनमोहक दृश्य, शीतल हावा, अनि खुला आकाशमुनि फैलिएको प्राकृतिक सुन्दरता । विशेष गरी बडिमालिका मन्दिर वरिपरिको क्षेत्र खुला चौर, जंगली फूल र बर्फले छोपिएका हिमालको दृश्यले पर्यटक र तीर्थयात्री दुवैलाई मोहित पार्छ । उकाली–ओरालीको बाटोमा भेटिने गाउँघर, गोठ, र सांस्कृतिक झलक पनि यात्राको विशेष आकर्षण हो ।धनगढी खबर बाट साभार
Read More
कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

धनगढी : कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि साइकल वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीले ३० जना महिला किसानहरूलाई साइकल, एक तराजु, २ वटा क्यारेट र कार्डहरू वितरण गरिएको हो। विज्ञापन कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले पाँच लाख २८ हजार मूल्य बराबरका सामाग्री वितरण गरिएको बताए। उनले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापामार्फत सामाग्री वितरण गरिएको बताए। उनले भने, “घर–घरमा तरकारी पुगाउने दिदी बहिनीहरूलाई पेसागत मर्यादा र प्रोत्साहनका लागि निःशुल्क वितरण गरेका हौ।” कृषि ज्ञान केन्द्र, कैलालीले २४ जना एकल महिलालाई निःशुल्क साइकल, एक तराजु, दुई क्यारेट…
Read More
कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

कञ्चनपुरः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए। 'बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ', उनले भने, 'स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो।' विज्ञापन गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ…
Read More