Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

धनगढी स्थित एक्सिस विद्याश्रणले लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षकहरुको आन्तरिक श्रेणी बढुवा गरेको छ । बिद्यालयमा बिगत १० बर्षभन्दा लामो समय देखी अनवरत रुपमा शैक्षिक योगदान दिँदै आउनुभएका शिक्षकहरुलाई आर्थीक बर्ष २०८२र८३ देखी लागु हुने गरि बढुवा गरिएको हो । उंहाहरु कार्यरत श्रेणीबाट तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा हुनुभएको हो । निजी विद्यालयले गरेको यस किसिमको कार्य प्रशंसनिय रहेको जनमानसको बुझाइ रहेको छ । बढुवा हुने शिक्षकहरुले आफूहरुले दशकभन्दा लामो समयदेखि विद्यालयलाई दिएको अमूल्य योगदान, समर्पण र निरन्तर मेहनतको कदर भएको जनाएका छन् । विद्यालयले गरेको कदरले आगामी दिनमा अझ ऊर्जा, उत्साह र प्रेरणासाथ शिक्षण यात्रामा लाग्न थप प्रेरणा मिलेको…
Read More
कैलालीको गौरीगङ्गा नगरपालिकाको राजस्व पेट्रोल पम्पको खातामा

कैलालीको गौरीगङ्गा नगरपालिकाको राजस्व पेट्रोल पम्पको खातामा

कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएका छन् कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएका छन् । सो नगरपालिकाको वडा नं. ४ मा रहेको जोगनिया तालको ठेक्काबाट सङ्कलन भएको पाँच लाख राजस्व नगरप्रमुख कँडेलको निजी मनकामना पेट्रोल पम्पको खाता जम्मा भएको पाइएको छ । यो रकम करिब दुई वर्षअघि पेट्रोल पम्पको खातामा जम्मा भएको नगरपालिकाले जनाएको छ तर नगरप्रमुख कँडेल भन्छन्, “मेरो पेट्रोल पम्प र ठेकेदारबिच पहिलेदेखि आर्थिक कारोबार हुने गरेकाले सायद सोही खातामा रकम जम्मा गरेको हुनु पर्छ ।” नगरपालिकाको…
Read More
पश्चिम नेपालका थारू बस्तीमा आज अटवारी पर्व

पश्चिम नेपालका थारू बस्तीमा आज अटवारी पर्व

कैलाली : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा ‘अटवारी पर्व’को तयारी सुरु भएको छ। श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतवारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परर बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन्। विज्ञापन आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले बताए। पूजाआरधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए। गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने…
Read More

निजी विद्यालयको आन्दोलनमा इस्टुको पनि ऐक्यबद्धता

    संघीय  संसदबाट पारित गर्न लगिएको विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा भएका केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु विरुद्धको संयुक्त आन्दोलनप्रति इस्टु सुदूर पश्चिम प्रदेश कमिटी तथा इस्टु जिल्ला कमिटीले पनि ऐक्यबद्धता जनाएको छ । देशभरका निजी तथा संस्थागत विद्यालयका संगठनहरुको एकतृत आन्दोलन भइरहेको बेला आफ्नो युनियनको तर्फबाट पनि समर्थन रहेको इस्टु सुदूर पश्चिम प्रदेश कमिटी संयोजक धर्मराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । त्यस्तै , इस्टु कैलालीले पनि विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागिताको लागि अपिल गरेको छ । लामो प्रतिक्षापछि आउन लागेको विद्येयकले सबैलाई समेटेर लैजानुपर्ने , देशको शिक्षाको ठुलो हिस्सामा सहयोगी…
Read More
शिक्षा विधेयक विरुद्ध निजी विद्याथलय संगठन द्धारा स्कुल बस सहित विरोध प्रर्दशन

शिक्षा विधेयक विरुद्ध निजी विद्याथलय संगठन द्धारा स्कुल बस सहित विरोध प्रर्दशन

निजी विद्याथलय संगठन प्याब्सन,एनप्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका छन्। कञ्चनपुर।निजी विद्याथलय संगठन प्याब्सन, एनप्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका छन्। प्याब्सन, एन प्याब्सन, हिसान र एएफनले शुक्रबार सबै संगठन आवद्ध विद्यालयका सवारी साधन सहित प्रदर्शन गरेका छन्।भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ। भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ।भानु चोकमा विद्यालयका सवारी साधन आ-आफ्नो विद्यालय फर्किएका छन। विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा…
Read More
बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ। सुन, मह घ्यू तथा अन्य आयुर्वेदिक औषधीय लवण मिश्रित स्वर्ण प्राशन चिकित्सालयमा कार्यरत चिकित्सकले तयार गर्न थालेका हुन्। काश्यप संहितामा वर्णित विधिअनुसार स्वर्ण प्राशन तयार गरिन्छ। स्वर्ण प्राशन खुवाउँदा बालबालिकाको रोगसँग लड्ने क्षमता बढ्छ। बालबालिकाको र शारीरिक र मानसिक विकासका लागि स्वर्ण प्राशन खुवाउनुपर्ने चिकित्सालयका मेसु रामकामेश्वर ठाकुरले बताए। "काश्यप संहितामा उल्लेख विधि र प्रक्रियाअनुसार स्वर्ण प्राशन तयार गरेर निःशुल्क खुवाउन थालेका छौँ। हरेक महिना पुष्य नक्षत्र परेको दिन पाँच वर्षमुनिका बालबालिकालाई प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन खुवाउने छौँ", मेसु डाक्टर ठाकुरले भने। विज्ञापन स्वर्ण प्राशन बहुउपयोगी औषधी हो…
Read More
बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह : प्रहरीले स्पष्ट गर्‍यो वास्तविकता

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह : प्रहरीले स्पष्ट गर्‍यो वास्तविकता

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह फैलाइएको पाइएको छ । धनगढी।सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाललाई लिएर सामाजिक सञ्जालमा फैलाइएको आरोप असत्य भएको प्रहरीले स्पष्ट पारेको छ। दलित अभियान्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत मन्त्री पालले बैतडीमा गाडीले किचेर १३ वर्षीय किरण कोलीको हत्या गरेको दाबी गरेका थिए। उनले मन्त्री रक्सीको नशामा रहेको र घटनापछि पीडित परिवारलाई मुख बन्द गर्न पाँच लाख रुपैयाँ दिइएको जस्ता गम्भीर आरोप सार्वजनिक गरेका थिए। तर, जिल्ला प्रहरी कार्यालय बैतडीले प्रारम्भिक अनुसन्धानमै यी आरोपको सत्यता नभएको जनाएको छ। प्रहरीका अनुसार किरण कोलीको मृत्यु साउन १७ गते बालुवा संकलन गर्ने क्रममा विद्युत् पोलमा करेन्ट लाग्दा भएको…
Read More
कञ्चनपुरको शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

कञ्चनपुरको शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विज्ञापन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैँक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उनले बताए। “प्रत्येक वडालाई स्थानीय सम्भावना र…
Read More
गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

धनगढीः सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ, तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ। यहीबिच, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा निर्माण भएको पाँच शय्याको आकस्मिक कक्ष उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले कडा आपत्ति जनाएको छ। विज्ञापन “नाटक मञ्चन नगर्न” संघर्ष समितिको चेतावनी विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका छन्। उनले भने,“गेटा विश्वविद्यालयको ऐन भइसकेको छ। अब…
Read More
कैलाली कारागारको झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

कैलाली कारागारको झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन् धनगढी । कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन्। निको भएपछि सेती प्रादेशिक अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो।अस्पतालले डिस्चार्ज गरेका मध्ये ३४ जनालाई कोभिड अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार निको भएका पाँच जना कैदीलाई उनीहरुको इच्छानुसार अन्यत्र स्थानान्तरण गरिएको छ। चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरेको जनाइएको छ। बाँकीलाई पनि अन्यत्र स्थानान्तरणको लागि कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पहल गरिरहेको छ। यहाँ रहेकामध्ये केहीले अन्यत्र स्थानान्तरण भएर जाने इच्छा…
Read More