Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

विद्यालय पुग्न दुई घण्टा पैदल

विद्यालय पुग्न दुई घण्टा पैदल

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन्। यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन्। ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछन्। “गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भने, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताए। विज्ञापन उनले भने, 'एक्लै आवतजावत गर्न सकिँदैन। धेरैपटक त बाटोमा खोला तर्न…
Read More
घटस्थापनासँगै सुरु भयो बडादसैँ : टीका, फूलपाती र पूजा-आराधनाको तयारी

घटस्थापनासँगै सुरु भयो बडादसैँ : टीका, फूलपाती र पूजा-आराधनाको तयारी

आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ  धनगढी । आजदेखि हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा मनाइँदैछ । बिहानै नित्यकर्म पूरा गरी नदी वा चोखो स्थानबाट ल्याइएको माटोमा गाईको गोबरले लिपपोत गरी कलश स्थापना गरेर जौ रोप्ने परम्परा छ । यसलाई जमरा राख्ने भनिन्छ । विजया दशमीका दिन देवी दुर्गालाई चढाएर टीका प्रसाद र जमरा ग्रहण गरिन्छ । दुर्गा पक्षभर…
Read More
सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

  कञ्चनपुरः सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ। यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ। सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ। २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आउनु भएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउछन्। “यहाँको मुख्य समस्या सडक हो। सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ।” बस्तीमा खानेपानीको सुविधा छैन। विज्ञापन गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा…
Read More
जङ्गली हात्ती कञ्चनपुरका गाउँपसेपछि रातभर जाग्राम

जङ्गली हात्ती कञ्चनपुरका गाउँपसेपछि रातभर जाग्राम

कञ्चनपुर : रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन्। दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन्। विज्ञापन हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्‍याउनु थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले बताए। “मैले साढे चार बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ”, उनले भने, “खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ।” उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए। “हरेक वर्ष हात्तीले नोक्सानी पुर्याउँदै आएको छ, यसको…
Read More
कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

धनगढी: जेनजी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रवाह पुनःसञ्चालन गरेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासनसहित अन्य कार्यालयले सेवा प्रवाहलाई आंशिक रूपमा सुरु गरेका हुन्। सेवा अवरुद्ध बनेका कतिपय कार्यालयले सेवा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। आन्तरिक राजस्व कार्यालयले बिहीबारदेखि कार्यालय परिसरमा करदातालाई दिनुपर्ने अत्यावश्यक सेवा सुरु गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत मोहनसिंह बस्नेतले कार्यालय परिसरमा रहेको टहरोबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिए। विज्ञापन जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले यहाँका सरकारी निकायमा भएको भौतिक क्षतिको यकीन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम अघि बढाइएको…
Read More
धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

धनगढी : विभागले यातायात कार्यालय, धगनढीका लागि १८ हजार एक सय बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू पठाएको थियो। यातायात विभागको समूह भदौ २५ गते धनगढी आउने र इम्बोस नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट इम्बोस नम्बर प्लेटहरू वितरणको तयारी गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा १८ हजार एक सय वटा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू ध्वस्त भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख भूवन जोशीले १८ हजार एक सय बढीको सङ्ख्यामा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू जलेका बताए। उनले भने, ‘हामीसँग १८…
Read More
धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए । उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ । २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा…
Read More
‘चाडपर्व छोडेर काम खोज्न भारत’

‘चाडपर्व छोडेर काम खोज्न भारत’

कञ्चनपुर: हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन्। सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ। हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ। विज्ञापन चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन्। परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का…
Read More
सुदूरपश्चिमका नौ जनाको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गयो

सुदूरपश्चिमका नौ जनाको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गयो

धनगढी : सुदूरपश्चिम प्रदेशका ९ जनाले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका छन्।प्रदर्शनका क्रममा भदौ २३ गते पहिलो दिन तीन जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन।  २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन्। विज्ञापन प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका– ५ तारानगरका गौरव जोशीको भदौ २३ गते निधन भएको थियो। २७ वर्षीय गौरव तीन वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए। उनी विदेश जाने तयारीमा थिए। प्रदर्शनका क्रममा वृद्ध आमाबुबा सहाराको टेको नै ढलेको छ। बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि प्रहरीको गोली लागेर भदौ…
Read More
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकारले जानकारी दिए। द्वापरयुगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको हाे । द्वापरयुगमा विषाक्त दुध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने गरेको हो । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ।…
Read More