17
Sep
चार महिनादेखि अवरुद्ध भएको दुग्ध विकास संस्थान (डीडीसी) अत्तरिया कार्यालयको गतिविधि पुनः सञ्चालनमा आएको छ धनगढी । चार महिनादेखि अवरुद्ध भएको दुग्ध विकास संस्थान (डीडीसी) अत्तरिया कार्यालयको गतिविधि पुनः सञ्चालनमा आएको छ। जेठ ८ गतेदेखि स्थानीयको विरोधका कारण लगाइएको तालाबन्दी मंगलबार हटेपछि आज (बुधबार) बाट किसानलाई दूधको भुक्तानी सुरु गरिएको छ। डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईका अनुसार पहिलो चरणमा करिब डेढ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिनेछ। उनले बिदाको दिन परे पनि भुक्तानीको काम रोकिने छैन भन्दै माघ महिनादेखि बाँकी रहेको करिब साढे ६ करोड रकम क्रमशः भुक्तानी गरिने जानकारी दिए। हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट ५९ सहकारी, समूह तथा फार्ममार्फत…






