07
Nov
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिवार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे। सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन्। उनलाई धान बेच्नका लागि चार दिन लाग्यो। विज्ञापन जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो। सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन्। तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ। कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ। कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो…






