Skip to main content

धनगढी न्यूज

Breaking News 1

स्वास्थ्य बीमा संकट : ७५ करोड रकमान्तर, १ अर्ब बाँड्ने तयारी

स्वास्थ्य बीमा संकट : ७५ करोड रकमान्तर, १ अर्ब बाँड्ने तयारी

८ फागुन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेपछि स्वास्थ्य बीमा बोर्डलाई जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ । बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो । बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको जनाउँदै बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो । स्वास्थ्यमन्त्री र अर्थसचिवबीच नोकझोक यही परिस्थितिमा…
Read More
कृषिमा कांग्रेस : परियोजना धितोमै ऋण, उत्पादन जिम्मा सरकारलाई

कृषिमा कांग्रेस : परियोजना धितोमै ऋण, उत्पादन जिम्मा सरकारलाई

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचन लक्षित गर्दै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ भन्ने मूल नारासाथ सार्वजनिक गरिएको उक्त घोषणापत्रमा कांग्रेसले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मान्दै यस क्षेत्रको कायापलट गर्न आगामी १० वर्षलाई ‘कृषि लगानी दशक’ का रूपमा मनाउने योजना अघि सारेको छ । कांग्रेसले परम्परागत निर्वाहमुखी खेतीलाई आधुनिक उद्यममा रूपान्तरण गर्दै किसानलाई सम्मान र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । कांग्रेसले कृषि क्षेत्रमा राज्यको लगानी बढाउन तिनै तहका सरकारको बजेटमा यसलाई प्राथमिकतामा राखेको छ । घोषणापत्र अनुसार अब स्थानीय सरकारले आफ्नो कुल बजेटको १५ प्रतिशत…
Read More
राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

वि.सं.२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भयो । त्यसैले यस दिनलाई हामीले विशेष दिनका रूपमा महत्वका साथ सम्झने गर्ने गर्छौँ । २००७ सालको राजनीतिक परिवर्तन ल्याउनमा रानजीतिक पार्टी, राजा त्रिभुवन र सचेत नेपाली जनताको प्रत्यक्ष संलग्नता थियो । यसमा भारतीय पक्षले पनि सहयोग गरेको थियो । तर पर्दापछाडि रहेर त्यस राजनीतिक परिवर्तनलाई सहयोग गर्ने व्यक्तित्वहरू थुप्रै थिए । इतिहासमा उनीहरूको खासै चर्चा भएको छैन । राणा शासन अन्त्यको अभियानमा केही विदेशी स्वास्थ्यकर्मीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूबारे खासै चर्चा भएको पाइँदैन १.एरिका ल्युक्ट्याग एरिका ल्युक्ट्याग जर्मन फिजियोथेरापिस्ट हुन् । हिटलरको निरंकुशताका कारण उनी…
Read More
सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते, ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

भोजपुर : यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।  उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुईवटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ। जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो। दुर्घटनामा…
Read More
जेनजी आन्दोलनपछि के छ सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दाको अवस्था ?

जेनजी आन्दोलनपछि के छ सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दाको अवस्था ?

काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा ९० प्रतिशत मुद्दाका मिसिलहरु जले । तीमध्ये एक हजारभन्दा बढी भ्रष्टाचारसँग सम्बन्धित मुद्दाका मिसिल खरानी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धन आयोगबाट विशेष अदालमा भ्रष्टाचार मुद्दा दर्ता भई फैसला भएर सर्वोच्च अदालतमा पुनरावेदनमा पुगेका कतिपय मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहँदा आगजनीमा परेर सबै मिसिल जलेर नष्ट भएका थिए । भ्रष्टाचार सम्बन्धी मुद्दाका सयौं मिसिल आगजनीमा परेर एकसाथ जलेपछि मिसिल कागजातको पुन: प्राप्ति र प्रमाणीकरणको कार्य चलिरहेको छ । केही मिसिल फाइल प्राप्ति भएर सुनुवाइका लागि पेसी चढ्न सुरू गरेको छ । कतिपय मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर अन्तिम चरणमा पुगेका…
Read More
विश्वकपमा नेपालको सान्त्वना जित

विश्वकपमा नेपालको सान्त्वना जित

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपालले सान्त्वना जित हात पारेको छ।  लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो। साथै टी–२० विश्वकपमा नेपालको यो जित १२ वर्षपछिको पहिलो हो। जितसँगै नेपालले विश्वकप यात्रा पनि टुंग्याएको छ। यो खेलअगावै दुवै टिम समूह चरणबाट बाहिरिसकेका थिए।  यसअघि इंग्ल्यान्ड‚ इटली र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनायो। स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान…
Read More
झापामा ओलीका यी हुन् ४२ प्रतिबद्धता : राम्राको संरक्षण, अधुराको जिम्मेवारी

झापामा ओलीका यी हुन् ४२ प्रतिबद्धता : राम्राको संरक्षण, अधुराको जिम्मेवारी

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनोट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिँदै, खण्डित हुँदै गइरहेको उल्लेख छ । ओलीको प्रतिबद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि…
Read More
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

५ फागुन, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो । नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ । फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार…
Read More
२० प्रतिशत उम्मेदवारले मात्रै खोले बैंक खाता

२० प्रतिशत उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौँ : निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्। कुल ३ हजार ४०६ जना उम्मेदवारमध्ये ६७१ जनाले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यो कुल उम्मेदवारको करिब २० प्रतिशत हो। राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ। नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरुको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको छ। हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक…
Read More
सामान्य प्रशासनिक सेवामै खर्च हुन्छ सरकारको आधाभन्दा धेरै बजेट

सामान्य प्रशासनिक सेवामै खर्च हुन्छ सरकारको आधाभन्दा धेरै बजेट

४ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३  पहिलो ६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । यो बजेटलाई कार्यगत खर्च अनुसार तुलना गर्दा सबैभन्दा बढी सामान्य प्रशासनिक सेवामा खर्च हुने गरेको देखिएको छ । कार्यगत खर्च तुलनाभित्र चालु र पूँजीगत दुवै प्रकृतिको खर्च जोडिएको हुन्छ । अर्थ मन्त्रालयका अनुसार यस क्षेत्रमा मात्र ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख खर्च भएको छ । जुन कुल बजेट खर्चको साढे ५८ प्रतिशत हाराहारी हो । यस शीर्षक अन्तर्गत विभिन्न तहका सरकारलाई गरिएको हस्तान्तरण समेत समावेश छ । पुस मसान्तसम्म १ खर्ब ९० अर्ब हस्तान्तरण भएको तथ्यांक…
Read More