Skip to main content

धनगढी न्यूज

Breaking News 1

एउटा अनौठो स्वास्थ्य समस्या– आँखाको परेलामा भेटिए स्याउँस्याउँती जुम्रा!

एउटा अनौठो स्वास्थ्य समस्या– आँखाको परेलामा भेटिए स्याउँस्याउँती जुम्रा!

भारतको गुजरातमा एउटा अनौठो र दुर्लभ स्वास्थ्य समस्याको घटना फेला परेको छ। गुजरातको अमरेली जिल्लाको सावरकुंडला नगरको एउटा अस्पतालमा उपचार गर्न आएकी महिलाको त्यो समस्या देखेर डाक्टरहरू पनि छक्क परेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार सुरतकी ६६ वर्षीया गीता बेन नामकी महिला आँखा उपचार विभागमा उपचार गराइरहेकी थिइन्। करिब दुई महिनादेखि उनको आँखा वरिपरि र खासगरी परेलामा चिलाउने र पोल्ने समस्या भइरहेको थियो। आँखा रातो हुने, निन्द्रा नलाग्ने जस्ता लक्षण पनि देखिएका थिए। अस्पतालका आँखा विशेषज्ञ डा. मृगांक पटेलले जाँच गर्दा थाहा भयो — उनको परेलामा एक-दुइटा होइन, २५० वटाभन्दा बढी जीवित जुम्रा र ८५ भन्दा बढी अन्डा रहेछन्। यसलाई भारतमै दुर्लभ…
Read More
क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सले सुरु गरेको एनपिएल ‘ट्रफी टुर’ समापन गरिएको छ। कैलालीको टीकापुरबाट शुक्रवार आरम्भ भएको ट्रफी टुर कञ्चनपुरको महेन्द्रनगर हुँदै पुनः कैलालीको धनगढी पुगेर शनिवार समापन गरिएको हो। समापनअघि धनगढीमा बाजागाजासहित ट्रफी प्रदर्शन गरिएको थियो। विज्ञापन एनपिएलको प्रचारप्रसारका साथै क्रिकेटप्रति सबैको उत्साह जगाउन रोयल्सले यो टुर आयोजना गरेको सुदूरपश्चिमवासी समेत रहनुभएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए। समापनपछि आयोजित पत्रकार सम्मेलनमा रोयल्स टोलीका प्रशिक्षक जगत टमटासहित खेलाडीले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए। दोस्रो संस्करणको एनपिएल प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने टोलीमा…
Read More
संरक्षित क्षेत्रबाहिर बाघ : नेपालमा बासस्थान ८० प्रतिशतले बढ्ने प्रक्षेपण

संरक्षित क्षेत्रबाहिर बाघ : नेपालमा बासस्थान ८० प्रतिशतले बढ्ने प्रक्षेपण

सन् २०१० मा प्रसिद्ध नेचर क्लाइमेट चेन्ज जर्नलमा बंगलादेशको सुन्दरवनमा पाइने बाघ सन्दर्भमा एउटा लेख छापियो । जलवायु परिवर्तनले सुन्दरवनका बाघ लोप हुन सक्ने उल्लेख थियो । सन् २००० लाई आधार वर्ष मानेर २८ सेन्टिमिटरले समुद्री सतह बढ्दै जाने हो भने बाघको बासस्थान ९६ प्रतिशतले घट्ने उल्लेख थियो ।  विश्व वन्यजन्तु संरक्षण कोषका उपप्रमुख एवं अनुसन्धाकर्ता कोल्भी लोउक्सको उक्त लेखमा प्रजनन् योग्य बाघको संख्या २० भन्दा कम हुने भनियो । जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने मुलुकहरूको मध्येको एक बंगलादेशलाई अझै पनि बाघ जोगाउन चुनौती छ । सन् २०१५ मा १०६ वटा बाघ रहेको सुन्दरवनमा २०२४ सम्म आइपुग्दा १९ वटा थपिएर…
Read More
जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

विशेष अदालतले काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो। अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ  क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए। 'हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,' स्रोतले भन्यो, 'अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही गर्छ।' भदौ २३ गते ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए। आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए। सेतोपाटी बाट साभार…
Read More
सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

कञ्चनपुर: सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन्। अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू समस्यामा परेका हुन्। किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए। विज्ञापन रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनले बताए। “यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै…
Read More
धनगढीका पास नभएका घरहरूको विवरण माग, मापदण्ड पुगे अभिलेखीकरण गरिने

धनगढीका पास नभएका घरहरूको विवरण माग, मापदण्ड पुगे अभिलेखीकरण गरिने

धनगढी: सुदूरपश्चिम प्रदेशमा धनगढी एक मात्र उपमहानगरपालिका हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा मापदण्ड विपरीत घरहरू निर्माण हुन क्रम अहिले पनि रोकिएका छैनन्। मापदण्ड पूरा नगरेर घरहरू निर्माण गर्दा भूकम्पले क्षति गर्ने जोखिम हुन्छ। धनगढी उपमहानगरपालिकासँग मापदण्ड विपरीत निर्माण भएका घरहरुको पूर्ण विवरणसमेत छैन। धनगढी उपमहानगरपालिकाले पुराना घरहरूको अभिलेखीकरण गर्न सोमवार १५ दिनको सूचना सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरले अभिलेखीकरणको सूचना सार्वजनिक गरिएको बताए। उनले भने, ‘नाप नक्सा पास नभएका भवनहरूको अभिलेखीकरण गर्ने हो।’ विज्ञापन धनगढीमा निर्माण गरिएका पुराना तथा नक्सा पास बिनै निर्माण गरिएका घरहरूको अभिलेख तयार पारिने भएको हो। धनगढी उपमहानगरपालिकाको मापदण्डअनुसार…
Read More
भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै

भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै

हेटौँडा । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दीको संख्या उच्च रहेको पाइएको छ । नेपालका प्रमुख कारागारहरूमध्ये एक, भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन् । कारागार कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी, र कर्तव्य ज्यानमा अपराधका घटनाका कैदी बढी छन् । कारागारको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन् । लागु औषधपछि जबरजस्ती करणी मुद्दाका कैदीबन्दीहरूको संख्या छ । उक्त अपराधका २९६ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् । पछिल्लो समय लागुऔषध दुव्र्यसनी, लैगिंक हिंसा र यौनजन्य अपराध…
Read More
फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

मान्यवर खड्ग प्रसाद ओलीको बायोग्राफी लेखियो भने उहाँको जीवनका अत्यन्त महत्त्वपूर्ण दुइटा विषय हुनेछन् । पहिलो, बयलगाडाको यात्रा । दोस्रो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध । नेपाली समाजमा विगत ३५ वर्षदेखि ठुला–ठुला पार्टीहरूले हुकुम चलाउँदै आएका हुन् । १८–१९ वर्षदेखि विराट विद्रोहबाट आएको पार्टी पनि त्यसमा सामेल भएको हो । जेनजीको विद्रोहपछि इतिहासको यो सम्पूर्ण उतार–चढावबिच दुईथरी परिघटना भए । जसको हामी चर्चा गरिरहेका छौँ । भ्रष्टाचार भयो । कुशासन भयो । नातावाद भयो । समाजमुनि ज्वालामुखीको आगो त बलिरहेकै थियो । मान्यवर खड्ग प्रसाद ओलीले विवेकपूर्वक, अविवेकपूर्वक नयाँ पुस्ताको संवेदना, त्यसका आकांक्षा, त्यसका लक्ष्यहरूको कुनै पर्बाह नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि…
Read More
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्। अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन्। खर्च कटाएर उहाँले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका छन्। विज्ञापन रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उहाँको भनाइ छ। पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताए। महेन्द्रनगर…
Read More
अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।अन्लाईन खबर बाट साभार
Read More