07
Jan
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न निर्देशन दिए । सोमबार राष्ट्रियसभा गृहमा आयोजित बृहत एकता समायोजन कार्यक्रममा निकै उत्साहित देखिएका लामिछानेको हाउभाउले लाग्थ्यो फागुन २१ मा हुने निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याउने ‘ग्यारेन्टी’ भयो । ‘उत्साह देखेर म यति चाहिँ भन्न सक्छु– डाक्टर स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ । डाक्टर सा’ब आउने वर्षको बजेट लेख्न सुरु गनोस् । नेताको रुपमा, पार्टीका रुपमा हामी के गर्नुपर्छ गर्छौँ,’ उनले भनेका थिए । उपसभापति समेत रहेका वाग्लेले केही दिन पहिले आगामी निर्वाचनमा रास्वपाले १५१ सिट जित्ने दाबी गरेका थिए । पुस १९…






