धनगढी न्यूज

Breaking News 2

रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । अर्याल नेतृत्वको समिति अन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू समेत तोकिएका छन् । त्यसबाहेक ३ वटा विशेष समिति समेत गठन गरेको रास्वपाले…
Read More
ओलीको जिकिर- जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ

ओलीको जिकिर- जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ

१४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गरेका हुन् । ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरुले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,’ ओलीले भनेका छन्, ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’ बरु उनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि…
Read More
हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

१४ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ । फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल (बेंशी) मै रहेन भएकाले त्यस्ता ठाउँहरूको मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको हो । गृह मन्त्रालयका एक अधिकृतका अनुसार, २१ फागुनमा पनि अधिकांश मानिस तल नै हुने भएकाले उच्च हिमाली क्षेत्रको मतदानस्थल नै सार्नेबारे गृहकार्य सुरु गरिएको हो । यसबारे सुरक्षा निकायसँग समन्वय गरेर काम सुरु गरिएको छ । सुरक्षाकर्मीहरू पनि त्यतिबेलासम्म तल नै हुने भएको हुँदा मतदानस्थल नै सारेर निर्वाचन गराउन सकिनेबारे अहिले…
Read More
हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

४ माघ, रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो । ​जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हि‍ंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका  कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् । ​रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी…
Read More
चुनावमा लाग्नुपर्ने आयोग कांग्रेसको जटिलतामा फस्दै

चुनावमा लाग्नुपर्ने आयोग कांग्रेसको जटिलतामा फस्दै

३० पुस, काठमाडौं । तीन दिनदेखि बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा निर्वाचन अधिकृतहरूको अभिमुखीकरण कार्यक्रम चलिरहेको छ । काठमाडौं बाहेक अरु तीन ठाउँमा चलिरहेको त्यस्तो अभिमुखीकरणमा निर्वाचन आयोगका पदाधिकारीहरुले अब तयारी अवस्थामा आ–आफ्नो क्षेत्रमा जान र विवादरहित रुपमा निर्वाचन गर्न उनीहरूलाई निर्देशन दिएका थिए । प्रत्यक्षतर्फको मनोनयनको दिन नजिकिँदै गर्दा उत्साहित भएका निर्वाचन आयोगका पदाधिकारीहरु बुधबार अपरान्ह नेपाली कांग्रेसमा विकसित घटनाक्रमका कारण भने रनभुल्लमा छन् । चुनाव घोषणा भएदेखि निर्वाचन व्यवस्थापन र बन्दोबस्तीको काममा जुटेको निर्वाचन आयोग नेपाली कांग्रेसभित्रको विवादका कारण अप्ठेरो अवस्थामा पुगेको छ । प्रतिकूल अवस्थामा निर्वाचनको घोषणा भएपनि जेनजी आन्दोलनकारीदेखि राजनीतिक दलहरुलाई एकठाँउमा ल्याएर निर्वाचनका लागि सहज वातावरण बनाएको…
Read More
अपडेट : एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

अपडेट : एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

३० पुस, काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने । मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच/ छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ ।  स्थानीयको सहयोगमा प्रहरीले…
Read More
२ घण्टादेखि शेरबहादुर देउवा र शेखर कोइरासहितको छलफल जारी

२ घण्टादेखि शेरबहादुर देउवा र शेखर कोइरासहितको छलफल जारी

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालासहित नेताहरूको छलफल जारी छ । कोइरालाको सचिवालयका अनुसार पार्टीलाई एकढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे नेताहरूबीच छलफल जारी छ । छलफलमा कोइराला, देउवासँगै सहमहामन्त्री जीवन परियार र डा मिनेन्द्र रिजाल पनि सहभागी छन् । देउवालाई भेट्न कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका थिए । यसअघि आजै बिहान पनि कोइराला देउवालाई भेट्न पुगेका थिए । ‘बिहान सभापतिलाई भेट्न आएका थियौँ । एकछिनमात्रै छलफल भयो । त्यतिबेला सभापति राष्ट्रपतिज्यूलाई भेट्न जाने भनेर निस्किनुभयो,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले अनलाइनखबरसँग भने, ‘नेताहरू फेरि साढे १ बजे आउनु भयो…
Read More
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी

प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी

२४ पुस, काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गरेका हुन् । रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् ।अन्लाईन खबर बाट साभार
Read More
सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो । रातोपाटी बाट साभार
Read More
आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

२४ पुस, काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्ने/खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । भारतका ५७ वर्षीय सुरेश महाजन, भारतकै ३९ वर्षीय प्रमोद मौर्य, भारतकै ३२ वर्षीय विक्रम सिंह र भारतमै ३७ वर्षीय दिनेश बर्मा कारागार चलान भएका हुन् । अदालतको आदेश अनुसार उनीहरुलाई सुन्धारास्ति केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । त्यसैगरी सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे अदालतको आदेश अनुसार जनही…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×