धनगढी न्यूज

Breaking News 2

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स)मा पाँच विषयको परीक्षा दिएकी थिइन् । तीमध्ये तीन विषयमा पास र दुई विषयमा फेल भइन् । फेल भएका दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल)को फारम भरेर पुन: परीक्षामा सहभागी भइन् । केही दिनअघि सार्वजनिक नतिजामा ती दुवै विषयमा पास पनि भइन् । तर दु:खको कुरा मार्कसिटमा पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषय पनि उल्लेख…
Read More
संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयतालाई स्वीकार गरेर अघि बढ्न सबै पक्षबीच सहमति भएको छ । रास्वपाको रवि लामिछाने पक्षले विगतदेखि प्रदेश संरचनाप्रति विमति राख्दै आएको थियो । जुन विषयमा उज्यालो नेपाल पक्षका नेताहरूले स्पष्टताको आवश्यकता औंल्याएका थिए । दुवै पक्षका नेताबीच शनिबार राति र आइतबार बिहान भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको हो । पुस १४ मा पार्टी एकता भएपनि एजेन्डामा सहमति भएको थिएन । आज सहमति भएपछि विवाद सकिएको नेताहरूले दाबी गरेका छन् । एकता भएपनि उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ पक्षका नेताहरूले एजेन्डामा विमति जनाउँदै आएका थिए । ‘अब…
Read More
शुक्लाफाँटा निकुञ्जबाट गाउँ पस्‍यो जंगली हात्ती, बेलडाँडीमा घर र खेतीमा क्षति

शुक्लाफाँटा निकुञ्जबाट गाउँ पस्‍यो जंगली हात्ती, बेलडाँडीमा घर र खेतीमा क्षति

कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको एक जंगली हात्तीले गाउँबस्तीमा पस्दै घर तथा अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ। मंसिर २० गते बिहान करिब ४ बजेको समयमा जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरी स्थानीय बासिन्दाका घर, घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ फर्काएको छ। शुक्रवार राति आएको हात्ती नै शनिवार राती गाउँमा पसेको स्थानीयले बताए। शुक्रवार राति सोही हात्तीले स्थानीय कमल गिरीको घरमा आक्रमण गरी धान लगायतको घरमा भण्डार गरेको अन्नपात खाएको थियो।…
Read More
कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको सुरूङमा हाल्दै देउवा–ओली

कांग्रेस–एमालेलाई ‘एक्जिट’ बिनाको सुरूङमा हाल्दै देउवा–ओली

देशका दुई प्रमुख दल कांग्रेस र एमाले यति चाँडै यति विद्रुप अवस्थामा पुग्लान् भन्ने केही महिना अघिसम्म कसैले कल्पना गरेको थिएन। जेनजी आन्दोलनले केही घन्टाभित्रै यी दुई दलले नेतृत्व गरेको सत्ता धराशायी बनाइदियो। त्यसपछि कांग्रेस–एमालेले जसरी जबाफदेहिता वहन गर्नुपर्थ्यो र जसरी नयाँ परिस्थितिमा मुलुकलाई अघि बढाउन आफूहरूलाई पुनर्गठन गर्नुपर्थ्यो, त्यसमा उनीहरू पूरै चुकेका छन्। असफल भएका छन्। असफल भएका मात्र छैनन्, उनीहरू अहिले जेनजी आन्दोलनले चाहेको परिवर्तन भरसक रोक्नेमा अग्रसर छन्। नसके त्यसलाई नकार्ने र दुत्कार्नेमा पुगेका छन्। आफूलाई पूरापुर पुरातन शक्तिका रूपमा उभ्याउन उद्दत छन्। यसको नेतृत्व मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। ओलीले डर र भर…
Read More
कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं

कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् । ‘विधानत: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौं । अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौं, अन्तिमम्म लाग्नेछौं,’ उनीहरूको भनाइ थियो, ‘केन्द्रले बोलाएन भने यो माग बेवारिशे हुन सक्दैन विधान र कानुनबमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पुरा गर्नुपर्छ,…
Read More
इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ

इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका छन्। शुक्रबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानलाई चेतावनी दिएका हुन्। ‘इरानमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरूमाथि त्यहाँको सरकारले गोली चलाए र उनीहरुको हत्या गर्‍यो भने प्रदर्शनकारीको रक्षाका लागि अमेरिका आउनेछ,’ ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्। ट्रम्पको उक्त अभिव्यक्तिलाई तेहरानले कडा शब्दमा आपत्ति जनाएको छ। इरानको विदेश…
Read More
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

१९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो । चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिनका लागि धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन, भिटामिन–सी पर्याप्तमात्रामा भएका र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खान, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खान पनि आग्रह गरेको…
Read More
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र समुन्नतिको दायित्व बोकेको पार्टी नेपाली कांग्रेस सिङ्गो समाजलाई गाँसेर जान्छ । विभाजन हुँदैन ।’ उनले कांग्रेस विभाजन हुन्छ भन्ने सोच्दै नसोच्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न गाह्रो नभएको शर्माको भनाइ थियो । ‘सबै कुरा मिलाउन सक्ने ताकत राख्ने कांग्रेस, पार्टीभित्रको विवाद सहजै मिलाउन सक्छ । मिलाउँछ,’ शर्माले भने ।रातोपाटी बाट साभार
Read More
‘पुस मसान्तसम्म सेवाग्राहीलाई हदम्याद, म्याद र तारिख थाम्ने सुविधा दिनू’

‘पुस मसान्तसम्म सेवाग्राहीलाई हदम्याद, म्याद र तारिख थाम्ने सुविधा दिनू’

१८ पुस, काठमाडौं । सर्वोच्च अदालतले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूले गुज्रिएको म्याद लिन पाउने सुविधा दिने भएको छ । जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेका कैयौं मुद्दाको फाइल नष्ट भएको थियो । ती मुद्दाका कतिपय पक्षहरूले म्याद लिएका थिए भने कतिपयको म्याद गुज्रिएको थियो । म्याद गुजारेका सेवाग्राहीहरुको हकमा अन्योल थियो । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक आन्तरिक प्रतिवेदनमाथि सम्बोधन गर्दै अदालतबाट सूचना प्रवाह भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था गरेको हो । आगजनीबाट सबैजसो मुद्दाको मिसिल जलेर नष्ट भएकाले सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसीर मसान्तसम्मको समयसीमा तोकेको थियो । त्यतिबेला नै सूचना…
Read More
देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् । केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो । उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ । ‘पहिला पनि…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×