01
Jan
काठमाडौँ । सिंहदरबार परिसरमा बन्दै गरेको नयाँ संसद भवनको पाँचौ म्याद सकिएको छ । तर हालसम्म पनि निर्मााण सम्पन्न हुन नसकेपछि छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सूचना अधिकारी रञ्जनकुमार दासले निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए । दासले भने,‘निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिइसकेका छन् । कति समयका लागि म्याद थप्ने वा के–कसरी अघि बढ्नेबारे छलफल भइरहेको छ ।’ छलफलकै चरणमा रहेकाले म्याद थप गरेर कसरी अघि बढ्ने अहिले कुनै जानकारी दिन नसकिने दासले…






